Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजसंस्था पुनर्थापनाका लागि राप्रपा पाँचथरद्वारा फिदिममा जनप्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 3.1K
    SHARES

पाँचथर,/ राष्ट्रियता र प्रजातन्त्र सबल तुल्याउन राजसंस्था सहितको प्रजातन्त्र अनुकूल पद्धति आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले जनप्रदर्शन गरेको छ ।

‘समयको माग र जनताको आकांक्षा पुरा गर्न राजसंस्था सहितको प्रजातन्त्र देशमा आवश्यक देखिएको छ । बहुसंख्यक नेपाली जनता विशेष गरेर युवा पुस्ताको माग पनि यही छ,’ राप्रपाका केन्द्रीय सम्पादन सदस्य सगुनसुन्दर लावतीले भने ।

‘नर्वे, बेलायत, जापान र डेनमार्कमा जस्तो प्रजातन्त्रलाई सुढृद तुल्याउन, समृद्धि प्राप्त गर्न दलभन्दा माथि रहने निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था चाहिएको छ,’ नेता लावतीले भने । राप्रपा पाँचथरको आयोजनामा आइतबार सम्पन्न जनप्रदर्शनको क्रममा नारा जुलुस गर्दै फिदिम बजार परिक्रमा गरीएको थियो ।

राजसंस्था, हिन्दूराष्ट्र पूनःस्थापना, भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, नागरिक सुशासन, निष्पक्ष स्थानीय सरकारको नारा लगाउँदै र्याली सम्पन्न गरिएको थियो । भव्य र्याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए ।

‘राजसंस्था र हिन्दुराष्ट्रको नारा लिएर राप्रपा जनतामाझ जानेछ, यही नै हाम्रो चुनावी मुद्दा हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले कोणसभालाई सम्बोधन गर्दै भने । तीन तहको लुट र भ्रष्टाचार अन्त्य गरेर जनतालाई राहत दिन, देशलाई विकासको पथमा अघि बढाउन आधारभूत सुधार अपरिहार्य भएको छ, केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले भने ।

प्राज्ञिक समितिका केन्द्रीय सदस्य डा. डिल्लीप्रसाद चापागाईले राजसंस्था हटेपछि देशमा दुरदिन सुरु भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए । राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले जनताको चाहना र देशको आवश्यकता बमोजिम राप्रपा विकल्पको रुपमा स्थापित हुने बताए ।

जिल्ला उपाध्यक्ष कमल चेम्जोङले युवा रोजगार र नागरिक सुशासन कायम नगरी देशमा प्रगतिनहुने बताए । सो क्रममा विभिन्न दल परित्या गरी ४३ जना राप्रपामा प्रवेश गरेका थिए ।

विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा अविरमान राई, आभा राई, सविन प्रधान, रोधन राई, अभिषेक राई, सुसन राई, अस्मिता राई, माहिकुमा राई, प्रकाश राई, धर्मेन्द्रकुमार राई, सुदिप राई, दीपक राई, कंचन राई, राजकुमार राई, दिपक लिम्बु, संतोष राई, विक्रम आङदेङवे, डिल्लीसेर आङदेङवे, सुवास गोले, पूर्ण आङदेङवे, डिल्लीश्वर आङदेङवे, सुवास गोले, अनिल बल, खगेन्द्र गोले, सुस्मिता गोले, पूर्ण योन्जन, सोनम गोले, दिपावली आङदेङवे, दीपावली आङदेङवे, धनु आङदेङवे, धनु आङदेङवे, दिलकुमारी आङदेङवे, मिलन आङदेङवे, सनम गुरुङ, राजु गुरुङ, टिका आचार्य, कमल चेम्जोङ, राजु
बाँस्कोटा, नन्द शेर्मा, देवी शेर्मा, राजु श्रेष्ठ, उपेन्द्र केरुङ र श्याम लावती थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४