Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायलयले धर्म नछाडे संसद विघटन असंवैधानिक ठहर हुन्छ । नेता – ढुंगेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 8K
    SHARES

काभ्रे / बिहिवार ८ माघ २०७७, भुम्लु काभ्रे  संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँका प्रदर्शनलाई जिल्ला , केन्द्र तहका नेताहरूले सम्बोधन गरेका थिए । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले काभ्रेको भुम्लुमा भएको प्रदर्शनलाई सम्बोधन गरेका छन् ।

उक्त कार्यक्रममा ढुंगेलले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । अदालत अदालत जस्तो मात्र रह्यो भने संसद विघटन असंवैधानिक भएको पुष्टि हुन्छ ढुंगेल भने “देशको ध्यान कांग्रेस र न्यायलयमा केन्द्रित छ । अब कांग्रेसले देशलाई बाटो देखाउँछ भन्नेमा सबै नेपाली नागरिक ढुक्क रहेका साथै सरकारको गलत निर्णय न्यायलयले सच्याउनेमा देशबासि विश्वस्त रहेको बताए । “

देशका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कम नआक्न दुबै थरि नेकपालाई चुनौती दिन्छु ढुंगेलले थपे ” पार्टीको आन्तरिक विवाद मिलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई बचाउन सक्दैनन् । अब देशले शान्ति विकास र अग्रगामी परिवर्तनका लागि कांग्रेस रोज्छ। हामी पार लगाउँछु तपाईहरु ढुक्क रहनोस ।”

कार्यक्रम ढुंगेलको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेसको तर्फबाट भुम्लु गाउँपालिका प्रमुख प्रत्याशी उम्मेदवार तस्बिर लामा र नेविसंघ नेता नारायण हमालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता ने.का भुम्लु – ४ कार्य समिति अध्यक्ष सुर्य बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको स्थानीय कांग्रेस नेता सुजन लामाले बताए ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४