Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्ट्रेलियालाई हराउँदै भारतले जित्यो टेस्ट सिरिज, वरियतामा पनि एक स्थान माथि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 4.5K
    SHARES

एजेन्सी । अस्ट्रेलियामा भएको भारत र अस्ट्रेलियाबीचको टेस्ट सिरिज भारतले २–१ जितेको छ । भारतले चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै टेस्ट सिरिज आफ्नो नाममा गरेको हो ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ८९ र सुबमन गिलले ९१ रन बनाएका थिए । पन्त र गिलको अलावा चैतेश्वर पुजाराले ५६ रन बनाएका थिए । अस्ट्रेलियाले दिएको ३ सय २८ रनको लक्ष्य पूरा गर्दै गाबा मैदानमा भारतले सबैभन्दा बढी रन चेज गरेको रेकर्ड पनि आफ्नो नाममा बनाएको छ ।

गाबा मैदानमा यसअघि ३ सय २८ रन कुनै पछि टेस्ट टीमले पछ्याउन सकेको थिएन । अस्ट्रेलियाले ३३ वर्षदेखि गाबा मैदानमा कुनै पनि टेस्ट खेल हारेको थिएन ।

चार खेल मध्ये पहिलो खेलमा अस्ट्रेलियाले जितेको थियो भने दोश्रो खेल भारतको पोल्टामा गएको थियो । तेश्रो खेल बराबरी भएको थियो ।

टेस्ट खेलको जितसँगै भारत टेस्त वरियताको दोश्रो स्थानमा चढेको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत अस्ट्रेलियालाई पराजित गरेसँगै वरियतामा एक स्थानमा माथि उक्लिएको हो । यसअघि विश्व टेस्ट क्रिकेट वरियताको दोस्रो स्थानमा अस्ट्रेलिया थियो । अब अस्ट्रेलियो तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा भने न्यूजिल्याण्ड थथावत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४