Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोना खोप लगाएका २ जनाको मृत्यु, ७ जना अस्पताल भर्ना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 5.8K
    SHARES

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ ।

७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दिल्लीमा मात्रै ३ जना अस्पताल भर्ना गरिएकोमध्ये २ जना डिस्चार्ज भइसकेका छन् ।

मृतकमध्ये एकजना ५२ वर्षीय युवक छन् । उनलाई १६ तारिखमा खोप लगाइएकोमा १७ तारिखमा मृत्यु भएको थियो । यस्तै अर्का ४३ वर्षीय व्यक्तिलाई पनि १६ तारिखमा खोप लगाइएकोमा १८ तारिखमा मृत्यु भएको हो । मन्त्रालयले यी दुवै मृत्युको कारण खोप नभएको जानकारी दिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयअनुसार उनीहरुको मृत्यु खोपका कारण नभएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म खोप लगाएका ३ लाख ८१ हजारमध्ये ५ सय ८० जनामा प्रतिकुल असर देखिएको छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभ्याक्सिन र भारतमा नै तयार पारिएको कोभिसिल्ड गरी दुई किसिमका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४