Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ : प्रदेश सभा अधिवेशनको तयारी पूरा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 5.8K
    SHARES

विराटनगर,/  यहि माघ ७ गते देखि शुरु हुने प्रदेश १ को प्रदेश सभा अधिवेशनको तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।बजेट अधिवेशन कोरोना माहामारीका कारण दुर्इ वटा हलमा संचालन गरिएको थियो भने हिउदे अधिवेशन एउटै हलमा गर्ने तयारी गरिएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलिले जानकारी दिनुभयो ।उहाँले विधिवत रुपमा पार्टी विभाजन नभएको अवस्थामा अधिवेशन हलमा दुबै पक्षका लागि एकै ठाँउमा सिट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । सचिव पराजुलिले हिउदे अधिवेशन विधेयक अधिवेशन समेत भएकाले केही विधेयकहरु आउने जानकारी पाएको बताउनु भएको छ ।नेकपा विभाजन तर्फ उन्मुख भएपछि प्रदेश सभा अधिवेशन संचालनमा समेत चुनौति देखिएको छ । अधिवेशन संचालन हुनु भन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरेको प्रदेश सचिवालयले जनाकारी दिएको छ ।

नेकपा भित्रको विवाद प्रदेश १ मा झन उग्र बन्दै गएको छ मुख्य मन्त्री शेरधन राई पक्षले १६ जना प्रदेश सांसदलाई निलम्बन गरेको छ भने भीम आचार्य समुहले मुख्यमंत्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । नेकपा भित्र एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने र निलम्बन गर्ने होडवाजीनै चलेको छ ।

एकले अर्कोलाई कारवाही र निलम्बन गरेर अघि बढेका सत्तारुढ ओली पक्ष र दाहाल नेपाल पक्षका सांसद सदस्यहरु प्रदेश सभामा कसरी प्रस्तुत हुनछन् भन्ने भए पछि सचिवालयले सभाहल भित्रको गतिविधलिाई संवेदनशील भएर हेरेको पाइन्छ ।

दुई समुहमा विभाजन भएको नेकपा भित्र दाहाल नेपाल समुहले मुख्यमंत्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । अविश्वासको प्रस्ताव माथि छलफल अगाडी बढाउने क्रममा सभाहलको वातावरण तयार गर्न सचिवालयले सभाहलभित्र र बाहिरको तयारीलाई तिब्रता दिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४