Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्षौंदेखि प्रयोगविहीन रहेकाे सूचना–प्रविधि पार्क अब ‘सेक्युरिटी प्रेस’ केन्द्र बन्ने !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 3.4K
    SHARES

काभ्रेपलाञ्चोक,  /  दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र)मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया थालिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । पनौती नगरपालिका–५ स्थित उक्त पार्कमा सरकारले गत वर्ष प्रेस राख्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६-७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको हो । प्रारम्भिक चरणमा करिब रु ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने जनाइएको छ ।

सूचना प्रविधि पार्कमा स्थापना गरिएको सुरक्षण मुद्रण केन्द्रमा सेक्यूरिटी प्रिन्टिङ पे्रसको निर्माणसम्बन्धी काम भने हाललाई प्रशासनिक प्रक्रियाका लागि रोकिएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केन्द्र निर्माणको आयोजनालाई ‘बुहवर्षीय’ बनाउने प्रक्रियालाई केही समय रोकिएको हो । “आयोजना बहुवर्षीय बनाउन अर्थ मन्त्रालयमा बजेटसहितको प्रक्रियामा छ, प्रक्रिया सकिएलगत्तै काम शुरु भइहाल्छ”, उहाँले भन्नुभयो । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमीन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको निर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल खानेपानीका लागि एक-एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।

निर्माणको चरणमा रहेको पार्कभित्र जमीनमुनि विद्युतीय ‘हाई भोल्टेज’का तार रहेकाले त्यसलाई छेउतर्फ व्यवस्थित गरेपछि भवन निर्माणको काम थालिनेछ । आवश्यकीय भवन तथा अन्य भौतिक संरचना निर्माणका लागि आयोजनालाई बहुवर्षीय बनाउन आवश्यक रहेको जनाइएको छ । “फण्डको कमिटमेन्ट नभइ बोलपत्रमा जान नमिल्ने भएकाले आयोजनलाई बहुवर्षीय बनाएर काम थाल्न लागिएको हो”, पौडेलले भन्नुभयो । उहाँका अनुसार प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिनेछ ।

वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । कूल २५७ रोपनी जमीनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चार वटा सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन छन् । तर, पे्रस स्थापनार्थ विभिन्न भवन निर्माण प्रक्रियाका लागि एक÷दुई भवन भत्काउनुपर्ने भएकाले छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “भवन जोगाउने कि, भत्काउने भन्ने विषयमा छलफल गर्दैछौँ, अत्यावश्यक भए भत्काउनुपर्ने पनि हुन्छ ।” उहाँका अनुसार केन्द्रका लागि दुई सय प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ । साथै, कुन भवन÷स्थानमा कस्तो प्रकारको पे्रस–मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न पनि बाँकी नै रहेको जनाइएको छ ।

ढिलाइ हुनुभएन : पूर्वमन्त्री बाँस्कोटा

यसैबीच पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा केन्द्र निर्माणको काममा कुनै पनि बहानामा ढिलाइ हुन नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “केन्द्रका लागि जनशक्ति र बजेट अभाव हुन्न, यो दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना भएकाले यसको काम योजनाअनुसार निरन्तर भइरहनुपर्छ ।”

प्रेस सञ्चालनमा आएपछि सुरक्षित छपाइको नाममा देशको अर्बौँ रुपैयाँ विदेशिनेबाट रोकिने तथा सयौँ युवाले रोजगारी पाउने उहाँ दाबी गर्नुहुन्छ । उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री रहँदा पार्कमा सेक्यूरिटी प्रिन्टिङ पे्रस स्थापना कार्यको शुरुआत् भएको हो ।

विसं २०५७ मा निर्माण शुरु गरिएको उक्त आइटी पार्क निर्माण कार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । दक्षिण एशियामै ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । कम्पाउण्डभित्रका आकर्षक देखिने भव्य भवनले बनेपा–पनौतीबाटो भएर हिँड्दा जो कोहीलाई के प्रयोजका लागि बनाइएको पत्तो हुने थिएन ।

प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा यसअघि चलचित्रको छायाङ्कन, जिल्लाका राजनीतिक तथा अन्य कार्यक्रम हुँदै आएका थिए । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थाले पनि छोटो समयमै छाडेर जाने गर्दै आएका थिए । त्यसो त, सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको छ । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रलाई उपलब्ध गराउने छ ।

साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो । सरकारले प्रेस मेसिन खरीदका लागि भने दुई देशका सरकार–सरकारबीच जी टू जी’ सम्झौता गर्ने जनाउँदै आएको छ । यसबारे छलफल हुने चरणमा रहेको केन्द्रले जनाएको छ । -रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४