Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपर्ने लडाइँको नेतृत्व गर्न तयार छु : काङ्ग्रेस नेता रविप्रकाश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 6.4K
    SHARES

खोटाङ,/  नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् । शनिबार नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै पालिकामा काङ्ग्रेस विरोधमा उत्रिएको हो । त्यसैगरी खोटाङका १० वटै पालिकामा समेत -याली सहित विरोध सभाको आयोजना गरिएको थियो।

खोटाङको ऐसेँलुखर्क गाउपालिकाको कमाण्ड सम्हालेका नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर निर्वाचित भए पनि जनताको विश्वासको भारी थाम्न नसकेर बदनाम भएको बताए ।

तीन वर्षसम्म भ्रष्टाचार र बेथितिमा लिप्त हुने र आफ्नो भारी भरिएपछि आफ्नो वास्तविक चरित्रमा उत्रीएर सत्ताको जुँगे लडाईमा कम्युनिष्टहरु पतित भएको समेत उनले बताए। ‘कम्युनिष्टहरु जुधे जुधुन्, जे गरून्, त्यो उनिहरुको आन्तरिक संघर्षको कुरा हो,’ उनले भने, ‘तर उनीहरु जुधेर देश र संविधानको लक्ष्य बिर्सनुले हामीलाई अक्रोशित बनाएको छ।’

७० वर्ष लामो नेपाली जनताको संविधान सभाबाट संविधान निर्माण गर्ने सपना सफल भइसकेपछि कम्युनिष्टहरु आएर संविधान र संसदीय व्यवस्थामाथि घात गरेको समेत नेता राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४