Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकै दिन झण्डै २ लाख मानिसलाई दिइयो कोरोना खोप, तर खोप लगाएका केहीको स्वास्थ्य बिग्रियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 4.8K
    SHARES

एजेन्सी,/ भारतमा कोरोना भाइरविरुद्धको खोप अभियान शनिबारबाट देशव्यापी चलाइएको छ । शनिबार एकै दिन करिब २ लाख स्वास्थ्यकर्मीहरुलाइ उक्त खोप दिइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार शनिबार पहिलो दिन ३ लाखलाई कोरोना खोप लगाउने लक्ष्य भए पनि १ लाख ९१ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाइ मात्र खोप लगाउन सकिएको बिबिसी हिन्दीले जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिनमा ३ हजार ३५१ सेसन (सत्र) हरू भए, जसमा दुई खालका भ्याक्सिन कोभाक्सिन र कोभिसिल्डको प्रयोग गरिएको थियो । भारतीय यस खोप अभियानलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानका रुपमा हेरिएको छ ।

 

तर खोप लगाएका केही मासिनमा भने साइड इफेक्ट देखिएको बताइएको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएकोमा तीमध्ये ५२ जनाको स्वास्थ्यमा समस्या आएको बताइएको छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार भारतको राजधानी नयाँ दिल्लीका ११ जिल्लामा गरी ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ५२ जनामा खोपको साइडइफेक्ट देखिएको बताइएको छ । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको बताइएको छ । तर देशभरिबाट साइड इफेक्ट हुने यकीन तथ्यांक भने उल्लेख छैन ।

भारतमा अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोप कोभिसिल्ड हो, जसलाई भारतमै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । यसैगरी भारत बायोटेकले विकास गरेको कोरोना खोप कोभ्याक्सिन हो । यी दुवै खोपलाई भारतमा आम प्रयोगका लागि अनुमति दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४