Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद् पुनर्स्थापनाकाे मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 6K
    SHARES

काठमाडौं,/  संसद पुनर्स्थापनाकाे मुद्दामा सर्वाेच्च अदालतमा आज (आइतबार)देखि निरन्तर सुनुवाइ हुने भएकाे छ । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि पुनर्स्थापनाकाे माग गर्दै सत्तारूढ दल नेकपाकै असन्तुष्ट नेता सांसद लगायतले सर्वाेच्चमा रिट दायर गरेका थिए । ती रिट निवेदनको तथ्यमा प्रवेश गरी आइतबारबाट सर्वाेच्चकाे संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हाे ।

यसअघिका बहस रिट निवेदनकाे सुनुवाइ बृहत् पूर्ण इजलास कि संवैधानिक इजलासमा  गर्ने भन्ने बारेमा थियाे । त्यसकाे टुङ्गो लागेसँगै आइतबारबाट संवैधानिक इजलासमा नै निरन्तर सुनुवाइ हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजबाट मूल विषयवस्तुमा प्रवेश गरेर बहस सुरू गर्ने जनाइएकाे छ ।  यसअघि शुक्रबार (माघ १ गते) गम्भीर संवैधानिक विषयकाे मुद्दा भएकाले उक्त रिटहरूमाथि संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने टुंगाे लागेकाे थियाे । संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा गत पुस २२ र २९ गते पनि बहस भएकाे थियाे ।

गत पवुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएकाे थियाे, सजसालाइ राष्ट्रपतिले साेही दिन अनुमाेदन गर्नुभयाे । प्रधानमन्त्रीकाे उक्त कदमविरुद्ध पुस ६ गते सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम  भएको दाबी गर्दै संविधानकाे मर्मअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरिदिन सर्वाेच्च अदालतसामु माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४