Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफु भाडामा बसेर छोरीको सपना पुरा गर्न कोटेश्वरको घर बेचेर एल्जिनालाई डाक्टर पढ्न पठाएका थिए बराल परिवारले


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २९ २०७४
  • 3.9K
    SHARES

फागुन – सिन्धुली स्थायी घर भएका गणेश बराल र गंगा बरालले सुख– दुःख गरेर काठमाडौंको कोटेश्वरमा घर बनाएका थिए । कहिले जागिर कहिले व्यापार गरेर गणेशले कोटेश्वरमा घर बनाएका थिए ।

छोरी एल्जिनाले एमबीबीएस पढ्न रहर गरेपछि उनीहरुले काठमाडौं कोटेश्वरको घर बेचे । एल्जिनाकी दिदी पनि बंगलादेशमै रहेकोले कान्छि छोरीलाई पनि एमबीबीएस पढ्न ढाका पठाए । तर सोमवार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा बराल परिवारको खुसी मेटिएको छ ।

‘छोरीलाई डाक्टर पढाउन भन्दै दिदीहरुले कोटेश्वरको घर बेच्नु भएको थियो’ त्रिवि शिक्षण अस्पतालमा शव बुझ्न आएकी एन्जिलाकी सानिआमा सुशीला भट्टराईले भावविह्वल हुँदै लोकान्तरसँग भनिन्, ‘दिदी भिनाजुको सपना चक्कानाचुर भयो ।’

घर बेचेपछि एन्जिलाका बुवाआमा अहिले काठमाडौंको गौशालामा डेरा लिएर बस्छन् । जेठी छोरी एलिना पनि बंगलादेश मै छिन् । उनी एमबीबीएस सकेर प्राक्टिकल गर्दै छिन् ।

‘एन्जिला साह्रै असल थिई, आखामा राखेपनि नबिझाउने’ सानीआमाले आशु पुच्छदै भनिन्, ‘बावुआमाको धेरै पैसा खर्च नहोस् भनेर सामान्य कपडा लगाउने, नक्कल पार्न नपर्ने ।’

आमा गंगा बराल राप्रपाकी कार्यकर्ता हुन् । स्थानीय चुनावमा उनी सिन्धुलीबाट चुनाव लडेकी थिइन् । ‘मेरी छोरीहरुसँग भाइवरमा कुरा हुन्थ्यो, नेपाल आउँदा पनि जति बेला पनि पढ्ने । पढ्न फुर्सद हुँदैन किन नक्कल पार्नु पर्र्यो भन्थिन्’ सुशीलाले भनिन् ।

सुशीलाका अनुसार सोमवार भएको विमान दुर्घटनामा एन्जिलाको व्याग र पासपोर्ट पनि डढेको छ । ‘घटना सुनेर दिदी बेहोस हुनु भयो’ सुशीलाले भनिन् ।

बराल परिवार छोरीको शव बुझ्नको लागि त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४