Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाइडनको शपथग्रहण अगाडि सशस्त्र प्रदर्शनको आशंका, अमेरिकाभर उच्च सतर्कता अपनाइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् ।

६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा जस्तै हिंसा ट्रम्पका समर्थकहरुले फैलाउन सक्ने आशंकामा देशभर सुरक्षा सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीहरुले सशस्त्र मार्च गर्न सक्ने चेतावनी जारी गरेको छ ।

देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ ।

बाइडन पक्षले अमेरिकीहरुलाई कोरोना संक्रमणबाट जोडिन राजधानीको यात्रा नगर्न भनेको छ । यसैगरी स्थानीय अधिकारीहरुले बाइडनको शपथ ग्रहण समारोह आ-आफ्नो घरमै बसेर हेर्न अपील गरेका छन् ।

मेरिल्याण्ड, न्यू मेक्सिको, युटा लगायतका राज्यमा सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गरी पहिलेदेखि नै आपतकालको स्थिति घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सलभेनिया, मिशिगन, भर्जिनिया, वाशिङ्टन र विस्कोन्सिन राज्यहरुले आफ्ना नेशनल गार्डस्लाई सक्रिय बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४