Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने अर्थमन्त्रीको प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ३ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व स्वास्थ्य संगठनलगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोरोनाको खोप निःशुल्क रूपमा उपलब्ध गराउने बताउनुभएको छ ।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै उहाँले कोरोना खोप आयातको लागि आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउनुभयो । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरूले स्वेच्छिक रूपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताउनुभयो । साथै उहाँले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल नगरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो । मन्त्री पौडेलले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रवन्ध गरेको भन्दै यो विषय अदालतमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४