Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुसी हुँदाको अवस्थामा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २ २०७७
  • 2.7K
    SHARES

कुनैपनि कुराबाट हामीलाई त्यहीबेला बढी सन्तुष्ट मिल्छ, जब हाम्रो शरीर ठिकठाक छ । जब शरीर नै ठिक छैन भने जतिसुकै मिठो खानेकुरा पनि रुच्दैन, जतिसुकै राम्रो ठाउँमा पनि मन बहलाउँदैन । यसको अर्थ के भने, हामीले यावत् सुख–सयल भोग गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्छ ।

शरीर कसरी स्वस्थ्य हुन्छ ?

यसका लागि हामीसँग रोगप्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने धेरै काइदा छन् । त्यसमध्ये एक सरल काइदा हो, खुसी ।

बाहिरी र आन्तरिक दुवै तरिकाबाट खुसी हँुदा लामो समयसम्म स्वस्थ रहन सकिन्छ । राम्रो जीवन जिउनको लागी खुसी रहनु एकदमै जरुरी हुन्छ । हाम्रो शरिरमा रोगसँग लड्न सक्ने क्षमता कम भयो भने विभिन्न किसिमको रोग लाग्छ ।

त्यसैले इम्युन सिस्टमको बुस्ट गर्नको लागी खुशी हुनु एकदमै जरुरी हुन्छ । हाम्रो वरपर धेरै चिजहरु हुन्छ जसले हाम्रो खुसी र तनाव नियन्त्रण गर्छ । जस अनुसार हाम्रो शरिरले प्रतिकिया दिन्छ । स्वस्थ र खुसी रहनको लागी भावानात्मक रुपमा पनि स्वस्थ रहन एकदमै जरुरी हुन्छ । मानसिक स्वास्थ्य ठिक नभएमा पनि शरिरमा नकारात्मक असर गर्छ । त्यसैले हाम्रो जीवनमा भइरहेको कुराहरुको ध्यान राख्नु आवश्यक हुन्छ ।

१. सकारात्मक सोचले स्वास्थ्यमा पार्ने प्रभाव

जीवनमा सकारात्मक सोचको अत्यन्तै जरुरी हुन्छ । नकारात्मक चीज आस पास हुँदा आफू पनि नकारात्मक हुन थालिन्छ । त्यसैले आस पासको वातावरण सकारात्मक राख्ने प्रयास गर्नु पर्छ । जसले गर्दा शरिर स्वस्थ र खुसी रहन सहयोग मिल्छ ।

२.खुशी रहँदा इम्युन सिस्टमको बुस्ट हुन्छ

खुशी हुँदा शरिरलाई उर्जा मिल्छ । त्यसैले रोग प्रतिरोधात्मक क्षमता राम्रो बनाउन खुशी हुनु एकदमै जरुरी हुन्छ ।

३.धेरै हाँस्नु

धेरै खुलेर हाँस्दा तनाव कम हुनुका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । हाँस्दा शरीरमा रक्त संचार राम्रोसँग हुन्छ । जसकारण शरीरमा तनाव उत्पन्न गर्ने हर्मोनको उत्पादन कम हुन्छ ।

४.व्यायाम

धेरैजसोलाई व्यायाम गर्न मन लाग्दैन । तर व्यायाम गर्दा हाम्रो शरिरले एन्डोर्फिन नामको हर्माेन उत्पादन गर्छ । जसले हाम्रो मुड राम्रो हुन्छ । र तनाव र चिन्ता कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि स्वीमिङ, साइकलिङ , स्किपिङ  गर्दा राम्रो हुन्छ ।

५.निद्रा

सुत्दा दिमाग शान्त हुन्छ । राम्रोसँग निदाँउदा शरीरलाई आराम मिल्नुका साथै दिनभरको थकान बिर्सेर तनाव मुक्त भइन्छ । त्यसैले प्रतिरोधात्मक क्षमता राम्रो बनाउन पर्याप्त निदाउन आवश्यक हुन्छ ।

६.नृत्य

नियमित नृत्य गर्नाले शारिरीक रुपमा स्वस्थ भइन्छ । साथै हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।  नृत्य गर्दा हाम्रो शरिरलाई खुसी महसुस हुन्छ साथै शरिरमा क्यालोरी कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४