Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्याक्ट्रीबाट भारतको विभिन्न शहरहरुमा पु-याइयो कोरोना भ्याक्सिन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 3.8K
    SHARES

काठमाडौं, /  छिमेकी राष्ट्र भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने भएको छ ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको ‘कोभिसिल्ड’ नाम दिइएको कोरोना भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युट पुणेको कारखानामा उत्पादन भइरहेको छ ।

भारत सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई सोही कोरोना भ्याक्सिन दिने तयारी शुरु गरेको हो । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो ।

आज (मंगलबार) बिहानै तापक्रम नियन्त्रण गरिएका तीन वटा ट्रक सेरमको फ्याक्ट्रीमा पुगेका थिए । उक्त ट्रकका अगाडि फूलमालाले सजाइएको थियो ।

समाचार संस्था पीटीआईका अनुसार उक्त ट्रकमा ४७८ बक्सा भ्याक्सिन लोड गरिएको थियो । एउटा बक्साको तौल ३२ केजी हुनेछ ।

पुणेको फ्याक्ट्रीबाट विमानस्थल जानुअघि उक्त ट्रकमा नरिवल फुटाएर पूजाआजा गरिएको थियो । पुणे विमानस्थलबाट जहाजमा राखेर भ्याक्सिन राजधानी दिल्ली, चेन्नई, कोलकाता, गुवहाटी, शिलांग, अहमदाबाद, हैदरााद, विजयवाडा, भुवनेशवर, पटना, बेंगलुरु, लखनऊ, चंढीगडसहित अन्य १३ शहरमा पु¥याइएको बताइएको छ ।

पहिलो ३ करोड भ्याक्सिन अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र अरूलाई दिइने भएको छ । त्यसपछि ५० वर्ष कटेका २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइने बताइएको छ ।

सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १००० तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४