Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चोरीको मोटरसाइकल चढ्ने दुईजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 11K
    SHARES

काठमाडौँ । काठमाडौंको चन्द्रगिरिबाट चोरीको मोटरसाइकल चढ्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित धादिङको गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र १८ वर्षीय आइतराज तामाङलाई नियन्त्रणमा लिएको हो ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०११ प ७२४१ नम्बरको पल्सर मोटरसाइकलसहित दुवै जनालाई मंगलबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित सडकखण्डबाट नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । गोप्य सूचनाका आधारमा निगरानी राखी दुवैजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

उनका अनुसार कीर्तिपुर नगरपालिका-७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको उजुरी महाशाखामा परेको थियो । चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा बरामद भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४