Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली तानाशाहीको बाटोतर्फ अग्रसर : उपेन्द्र यादब


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 8.4K
    SHARES

बीरगञ्ज,/ जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारीनी अध्यक्ष उपेन्द्र यादबले हतास मानसिकताले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटोतर्फ अग्रसर रहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष उपेन्द्र यादवले ओलीले चालेकाे कदम अलाेक्तान्त्रिक तथा संविधान विपरित रहेकाे आराेप लगाउनुभयाे ।

पार्टीको आन्तरिक झगडा मिलाउन नसक्दा प्रतिनिधि सभा विघटन गरेर संघियतालाई जोखिममा पारेको अध्यक्ष यादबको भनाई छ । वीरगञ्जमा संघिय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादबले मधेश आन्दोलन, जनआन्दोलन लगायतबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न प्रधानमन्त्री ओली लागीपरेको आरोप लगाउनुभयो ।

विगतमा आफैले गरेका सहमतिहरु कार्यन्वयन नगर्दा आफूहरु संविधानबाट बाहिरिएको यादबले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र संवैधानिक निकायहरुलाई कब्जा गरेर निरङकुशता लाद्न खोजेको यादबको भनाई छ । संविधानले नदिइएको अधिकार प्रयोग गरेर प्रतिगमनकारी नितितर्फ प्रधानमन्त्री ओली उन्मुख भएको हुँदा यसको प्रतिकारमा सबै जनता एैक्यबद्धता भएर उत्रिनुपर्नेमा जोड दिनुभयो ।

संसद विघटन पुर्ण रुपमा असंवैधानिक र गैरसंवैधानिक कदम भएकाले सर्वाेच्चले जनताको पक्षमा निर्णय गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । ‘समावेशिता र पहिचान लगायतका सवालहरु सुन्ने वित्तिकै उहाँलाई कति भोल्टको हो कति भोल्टको करेन्ट लागे जस्तो हुन्छ’, यादबले भन्नुभयो ।

निर्वाचनको घोषणा गरेको प्रसँगमा अध्यक्ष यादबले प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चुनाबको विश्वसनियता र निष्पक्षतामा जनताले विश्वास नगर्ने दावी गर्नुभयो । संघियता, गणतन्त्र र लोकतन्त्रको पक्षमा रहेका शक्तिहरुविच एकता हुनुपर्ने र देशमा स्थिर सरकार ल्याउनुपर्ने उहाँको आशय छ ।

आयाेजित पत्रकार सम्मेलनमा पार्टिका कार्यकारिनि सदस्य सुनिल राेहित,पर्सा क्षेत्र १ का सांसद प्रदिप यादब,लक्षमण लाल कर्ण,हरिनारायण राैनियार लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४