Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा कमर्सीयल बैंकहरु नै अगाडि देखिएका छन् ।

सोमबार नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय ३९ दशमलव ४२ अंक्मा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले उकालो लागेको छ ।

कारोबार रकममा भने त्यति उल्लास देखिएन । दिनभर भएका ४८ हजार ५३ कारोबारबाट २०७ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कमर्सीयल बैंककै धेरै कारोबार
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक पहिलो नम्बरमा देखिएको छ । ४७२ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको सिद्धार्थको ४२ करोड ६२ लाख १२ हजार ८१९ रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा प्रभु बैंक र तेस्रो नम्बरमा एनएमबि बैंक देखिएका छन् ।

प्रभुको २५ करोड १२ लाख ७३ हजार रुपैया भन्दा धेरैको कारोबार भएको छ भने एनएमबिको १८ करोड ६९ लाख ४ हजार रुपैयाँ धेरैको कारोबार भएको छ । कारोबार रकमका आधारमा चौथो नम्बरमा सिभिल बैंक, पाँचौ नम्बरमा नेशनल लाइफ, छैठौं नम्बरमा कुमारी बैंक, सातौ नम्बमार एनआइशी एशिया बैंक, नवौँ नम्बरमा ग्लोबल आइएमई र दशौं नम्बरमा प्राइम कमर्शीयल बैंक देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४