काठमाडौं, / निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोग पुगेका छन् ।
आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग पुगेका हुन् । प्रचण्ड-नेपाल पक्षका एक नेताका अनुसार पार्टीको आधिकारिक पत्र लिएर अध्यक्षद्वय प्रचण्ड र नेपालसहित स्थायी कमिटी ससस्यहरु आयोग पुगेका छन् ।
संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्न खोजेकाले निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको हो । मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको प्रचण्ड-माधव समूहले जनाएकाे छ ।
प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलिया लगायत पदाधिकारीलाई भेटेर पत्र बुझाउने भएका छन् । यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ ।