Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पारस खड्का : पछिल्लो दशकमा हावी भएका खेलाडी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्ष २०७६ भर गरेको उत्कृष्ट प्रदर्शन र प्राप्त उपलब्धीको आधारमा यही पुस २८ गते एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ आयोजना गर्दैछ ।

विक्रम संवत् २०५३ सालदेखि सुरु भएको अवार्डको यो १७औं संस्करण हो । दोस्रो संस्करण आयोजनाका लागि २०६० सालसम्म कुर्नुपरे पनि त्यता निरन्तर अवार्ड हुँदै आएको छ ।

विनाशकारी भूकम्पका कारण २०७१ सालको अवार्ड कार्यक्रम भने आयोजना हुन सकेन । यस पटक पनि कोरोना महामारीले गर्दा नेपाली खेलकुद प्रभावित बन्यो । तर २०७६ सालमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठूला प्रतियोगिता खेलेको र महत्वपूर्ण उपलब्धी हासिल गरेकाले पनि एनएसजेएफले ढिलै भएपनि अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।

खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने यस अवार्ड नेपाली खेलकुदकै सबैभन्दा ठूलो अवार्ड हो । २०५४ सालमा वर्ष खेलाडी पुरुष, महिला, वर्ष प्रशिक्षक र लाइफटाइम अचिभमेन्ट गरी चार विधाको अवार्ड वितरण गरिएको थियो । अहिले अवार्डको विधा थपिएर १० पुगेको छ ।

२०६० सालमा फेरि अवार्ड सुरु हुँदा महिला र पुरुष उत्कृष्टलाई मात्र अवार्ड दिइयो । २०६१ मा युवा विधा थप भयो । २०६२ मा महिला, पुरुष, युवा, प्रशिक्षक र लाइफटाइमसहित ५ विधा बन्यो । यसयता भने अवार्डमा विभिन्न विधा थपिँदै आएको छ । २०६३ मा स्पेशल विधा थपिँदा २०६४ मा पनि ६ विधा निरन्तर रह्यो । २०६५ मा लोकप्रिय विधा थप गरियो र ७ विधा पुग्‍यो ।

२०६७ मा अझ दायरा फराकिलो भयो । पारा एथलिट अवार्ड थपियो । यस्तै साहसिक अवार्ड र जादुयी अवार्ड पनि वितरण गरिएको थियो ।

अवार्डको पहिलो संस्करणमा फुटबलका देवनारायण चौधरी र तेक्वान्दोकी संगीना वैद्य विजयी भएका थिए ।

२०६० र ६१ मा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले लगातार दुई पटक अवार्ड जित्दै दबदबा बनाए । २०६२ क्रिकेटर विनोद दासले अवार्ड जिते । २०६३ र २०६४ मा तेक्वान्दोमा दिपक विष्ट हावी बने । राजेन्द्रपछि लगातार दुई अवार्ड जित्ने खेलाडी बने विष्ट ।

त्यसपछि चार संस्करणमा फरक फरक खेलाडीले अवार्ड जिते । २०६५ मा फुटबलर जुमानु राई, २०६६ मा क्रिकेटर पारस खड्का २०६७ मा बक्सिङका दीपक महर्जन तथा २०६८ मा गल्फका शिवराम श्रेष्ठले अवार्ड जिते ।

२०६९ मा पारसले पुन: अवार्ड जित्दै राजेन्द्र र दीपकसँगै दुई अवार्ड बराबरी गरे । २०७० मा फेरि अवार्ड जित्दै लगातार दुई पटक जित्ने तेस्रो खेलाडी बनेका पारस सर्वाधिक ३ अवार्ड जित्ने खेलाडी बने । पारसले २०७४ सालमा पनि वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जित्दै कीर्तिमानी चौथो पटक अवार्ड जिते ।

पारसले त्यसअघि २०६४ मा वर्ष युवा खेलाडीको अवार्ड समेत जितेका थिए । पछिल्लो एक दशकमा पारसले स्पोर्ट्स अवार्डमा दबदबा नै कायम गरे । २०६६ यता उनी ६ पटक वर्ष खेलाडीको अवार्डमा मनोनयनमा परे भने सर्वाधिक ४ पटक अवार्ड जिते । २०६८ र २०७५ मा भने पारसले अवार्ड जित्न सकेनन् ।

पारसबाहेक करातेकी गंगा अधिकारीले पनि यस दशकमा दुई अवार्ड जितिन् । उनले २०६६ र २०६९ मा वर्ष महिला खेलाडीको अवार्ड जितिन् । यस्तै पुबुदु दासानायकेले २०६९ र २०७० मा लगातार दुई पटक वर्ष प्रशिक्षकको अवार्ड जितेका थिए ।

वर्ष खेलाडी पुरस्कार २०५३

पुरुष देवनारायण चौधरी, फुटबल

महिला संगीना वैद्य, तेक्वान्दो

प्रशिक्षक पार्थ सारथी सेन गुप्त, भारोत्तोलन

लाइफटाइम अचिभमेन्ट एथलेटिक्स

वर्ष खेलाडी पुरस्कार २०६०

पुरुष राजेन्द्र भण्डारी, एथलेटिक्स

महिला संगीना वैद्य

वर्ष खेलाडी पुरस्कार २०६१

पुरुष राजेन्द्र भण्डारी

महिला पूजा श्रेष्ठ/सुमिना श्रेष्ठ, ब्याडमिन्टन

युवा प्रदीप महर्जन, फुटबल

एलजी स्पोर्टस अवार्ड २०६२

पुरुष विनोद दास, क्रिकेट

महिला निर्मला भारती, एथ्लेटिक्स

युवा कनिश्क चौगाईँ, क्रिकेट

प्रशिक्षक रोए लुक डायस, क्रिकेट

लाइफटाइम एचिभमेन्ट अवार्ड गजराज जोशी, एथलेटिक्स

एलजी स्पोर्टस अवार्ड २०६३

पुरुष दीपक विष्ट, तेक्वान्दो

महिला मनिता शाही, तेक्वान्दो

युवा आयशा शाक्य, तेक्वान्दो

प्रशिक्षक क्वान हुक जुङ, तेक्वान्दो

लाइफ टाइम एचिभेन्ट अवार्ड सुरेश सिंह आले मगर, बक्सिङ

विशेष पुरस्कार हरिबहादुर रोकाय, एथ्लेटिक्स

एलजी स्पोर्टस अवार्ड २०६४

पुरुष दीपक विष्ट, तेक्वान्दो

महिला नेरी थापा, क्रिकेट

युवा पारस खड्का, क्रिकेट

प्रशिक्षक विराजकृष्ण श्रेष्ठ, फुटबल

लाइफटाइम एचिभमेन्ट अवार्ड जयकुमार नाथ शाह, क्रिकेट

विशेष पुरस्कार सहारा क्लब पोखरा, फुटबल

पल्सर स्पोर्टस अवार्ड २०६५

पुरुष जुमानु राई, फुटबल

महिला करिश्मा कार्की, पौडी

युवा केशरी चौधरी एथ्लेटिक्स, क्रिकेट

प्रशिक्षक सुशिल नरसिंह राणा, एथलेटिक्स

लोकप्रिय खेलाडी मन्जुर गुरुङ, भलिबल

लाइफटाइम एचिभमेन्ट अवार्ड पार्थ सारथी सेन गुप्त, भारोत्तोलन

विशेष पुरस्कार मेहबुब आलम, क्रिकेट

पल्सर स्पोर्टस अवार्ड २०६६

पुरुष पारस खड्का, क्रिकेट

महिला गंगा अधिकारी, कराते

युवा विनिता महर्जन, उसु

प्रशिक्षक दीपक श्रेष्ठ, कराते

लोकप्रिय खेलाडी सन्तोष साहुखल, फुटबल

लाइफटाइम एचिभमेन्ट अवार्ड कोमल पाण्डे, फुटबल क्रिकेट

विशेष पुरस्कार दीपक विष्ट

पारा एथलिट अवार्ड अर्जुन सापकोटा

जादुमयी अवार्ड रुविना क्षेत्री, क्रिकेट

साहसिक अवार्ड देवु थापा, जुडो

पल्सर स्पोर्टस अवार्ड २०६७

पुरुय दीपक महर्जन, बक्सिङ

महिला जमुना गुरुङ, फुटबल

युवा नेरी थापा, क्रिकेट

प्रशिक्षक प्रचण्ड शर्मा, बक्सिङ

लोकप्रिय खेलाडी सिपोरा गुरुङ

लाइफटाइम एचिभमेन्ट रमेशराज जोशी, टेबलटेनिस

विशेष पुरस्कार भगीरथ आले दिलिप राई, फुटबल

पारा एथलिट अवार्ड विक्रम राना, एथलेटिक्स क्रिकेट

पल्सर स्पोर्टस अवार्ड २०६८

पुरुष शिवराम श्रेष्ठ, गल्फ

महिला तारा पुन, भारोत्तोलन

युवा पृथु बाँस्कोटा, क्रिकेट

प्रशिक्षक जगत टमाटा, क्रिकेट

लोकप्रिय खेलाडी रमिला तन्डुकार, भलिबल

लाइफटाइम एचिभमेन्ट भुपेन्द्र सिलवाल, एथलेटिक्स

विशेष पुरस्कार रतन टण्डन, भारोत्तोलन ब्याडमिन्टन

पारा एथलिट अवार्ड शर्मिला लामिछाने, एथलेटिक्स

पल्सर स्पोर्ट्स अवार्ड २०६९

पुरुष पारस खड्का, क्रिकेट

महिला गंगादेवी अधिकारी, कराते

युवा चाहना बम्जन लामा, उसु

प्रशिक्षक पुबुदु दासानायके, क्रिकेट

लोकप्रिय खेलाडी झरना गुरुङ, उसु

लाइफटाइम एचिभमेन्ट भिम थापा, फुटबल

विशेष पुरस्कार नेपाल नेत्रहिन क्रिकेट संघ पवन घिमिरे

पारा एथलिट अवार्ड विक्रम बहादुर राना, एथलेटिक्स

पल्सर स्पोर्ट्स अवार्ड २०७०

पुरुष पारस खड्का, क्रिकेट

महिला सुनिता बोहरा, जुडो

युवा चाहना विमल घर्ती मगर, फुटबल

प्रशिक्षक पुबुदु दासानायके, क्रिकेट

लोकप्रिय खेलाडी सरस्वती चौधरी, भलिबल

लाइफटाइम एचिभमेन्ट भिम बैकुण्ठ मानन्धर, एथलेटिक्स

विशेष पुरस्कार शरद भेषावकर

पारा एथलिट अवार्ड यादव कुँवर

पल्सर स्पोर्ट्स अवार्ड २०७२

पुरुष नवयुग श्रेष्ठ

महिला फुपुलामु खत्री

युवा अन्जन विष्ट

प्रशिक्षक बालगोपाल महर्जन, फुटबल

लोकप्रिय खेलाडी नविता श्रेष्ठ, टेबलटेनिस

लाइफटाइम एचिभमेन्ट अवार्ड श्रीराम रञ्जितकार, फुटबल

विशेष पुरस्कार ललितकृष्ण श्रेष्ठ, मरणोपरान्त

पारा एथलिट अवार्ड सीता भण्डारी, तेक्वान्दो

पल्सर स्पोर्ट्स अवार्ड २०७३

पुरुष किरण चेम्जोङ

महिला नङ्गशल देवी तामाङ

युवा मनिता श्रेष्ठ प्रधान

प्रशिक्षक पुष्पराज ओझा

लोकप्रिय खेलाडी कान्छीमाया कोजु

लाइफटाइम एचिभमेन्ट अवार्ड घनश्याम थापा

पारा एथलिट अवार्ड पदम बडेला

पल्सर स्पोर्ट्स अवार्ड २०७४

पुरुष पारस खड्का

महिला शोभा गौचन

युवा सन्दीप लामिछाने

प्रशिक्षक जगत टमाटा

लोकप्रिय खेलाडी श्यान्टु श्रेष्ठ

लाइफटाइम एचिभमेन्ट अवार्ड अशोक केसी

विशेष पुरस्कार करण केसी

पारा एथलिट अवार्ड हिमाल अर्याल

पल्सर स्पोर्ट्स अवार्ड २०७५

पुरुष युकेश गुरुङ, पाराग्लाइडिङ

महिला सावित्रा भण्डारी, फुटबल

युवा अजित कुमार यादव

प्रशिक्षक योगेश भट्टराई, पाराग्लाइडिङ

लोकप्रिय खेलाडी रेश्मा भण्डारी

लाइफटाइम एचिभमेन्ट अवार्ड हरि बहादुर रोकाय

विशेष पुरस्कार रोहित चन्द/किरण चेम्जोङ

पारा एथलिट अवार्ड मनकेशी चौधरी

टीम अफ दि इअर प्याराग्लाइडिङ टिम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४