Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक बर्षपछि स्टेज चढ्दा डराएँः मञ्जु पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 4.4K
    SHARES

मञ्जु पौडेल गायनमा मात्र होइन, स्टेज उद्घोषिकाको रुपमा पनि चर्चित छिन् । कोरोना महामारीका कारण स्टेज कार्यक्रम ठप्प हुँदा मञ्जु आफन दैनिक क्रियाकलापमै व्यस्त छिन् । नेपाली सांगीतिक क्षेत्रमा केही हिट गीत दिएकी गायिका तथा उद्घोषिका मञ्जुसँग गरिएको कुराकानीः

१. लकडाउनको समय कसरी बिताउनुभयो ?
सुरु–सुरुमा त अलिकति गाह्रो नै भयो । मलाई मात्र होइन्, संसारभर परेको कुरा हो । बिस्तारै ‘यूज टु’ हुन थाल्यो । कामतिर पनि जानुपर्छ भन्ने भयो । बिस्तारै कामतिर, क्रियशनतिर लागेँ । केही गीतहरु बजारमा सार्वजनिक गरेँ । यो समयलाई मैले आफ्नो लागि, घरको लागि धेरै कुराहरु सोच्ने अवसरका रुपमा लिएँ ।

२. धेरै महिनापछि नयाँ बर्षमा स्टेज चढ्नुभयो है ?
हो, ‘न्यू इयर’मा नेपालगञ्जमा स्टेज कार्यक्रम गरेँ ।

३. लामो समयपछि स्टेज चढ्दाको अनुभव कस्तो रह्यो त ?
एकछिन त ‘कन्फिडेन्ट’ नै हराएजस्तो भएको थियो, म नर्भस पनि भएँ । के बोल्ने होला, कसरी सुरु गर्ने होला भएको थियो । तर, पहिलेभन्दा धेरै बोल्ने विषय भयो । कोभिडका कुराहरुदेखि लिएर अहिलेसम्मका अनुभवहरु शेयर गर्दै गीत गाउँदा रमाईलो नै भयो ।

४. अन्य स्टेज कार्यक्रमहरुका लागि कुराहरु त भएको छैन ?
कुराहरु भएको छ तर कोभिड सकिएपछि मात्र गर्ने छलफल भएको छ । कहिले हुन्छ टुंगो छैन ।

५. हिजोआज दैनिकी कसरी बितिरहेको छ ?
बिहान उठ्यो, वर्कआउट गर्यो । खाना पकायो, खायो । एकदमै ‘हाउस वाइफ’ टाइपको भएको छ ।

६. कतिबजे उठ्नुहुन्छ ?
बिहान ६ बजे त उठिसक्छु ।

७. आफूलाई फिट राख्न के–के गर्नुहुन्छ ?
कहिलेकाही मर्निङवाकमा निस्कन्छु । कहिलेकाही घरमै योगा गर्छु ।

८. आजको कार्यक्रम के छ ?
राजु परियार र मेरो स्वरमा नयाँ गीत आउँदैछ । ३ दिनअघि उहाँले गाउनुभयो । आज ३ बजे मेरो रेकर्डिङ्ग छ ।

९. कस्तो गीत हो ?
एकदमै सामान्य, दोहोरी गीत हो । मेरो आफ्नै संगीतमा, शब्द शिव हमालले लेख्नुभएको हो । अहिले प्रोफेसनल हिसाबले धेरै लगानी लगाएर पनि राम्रो आउटपुट आउँदैन । निरन्तरताका लागि मात्र गाइरहेको छु । आज रेकर्ड गर्न लागेको गीत पनि दर्शक स्रोतालाई मनोरञ्जन दिने खालकै हो । सायद, २ हप्तापछि सार्वजनिक हुन्छ होला ।

१०. फेसबुक, टिकटक, इन्स्टाग्रामतिर कतिको समय दिनुहुन्छ ?
फेसबुक, टिकटक, इन्स्टाग्राम रहेछ र लकडाउनलाई थेग्यो । सामाजिक सञ्जाल, युट्युब हुँदैनथ्यो भने त हामी पागल हुन्थ्यौं होला ।

११. सामाजिक सञ्जालमा कति समय बिताउनुहुन्छ ?
अहिले सामाजिक सञ्जालबाटै सबै अपडेटहरु लिन सकिन्छ । खाली समयमा अपडेट भइरहेको हुन्छु ।

१२. टिकटकमा कत्तिको सक्रिय हुनुहुन्छ ?
टिकटकमा खासै सक्रिय छैन । साह्रो रुचि पनि छैन । अरुको टिकटक हेरेर रमाउँछु ।

१३. बढी समय कोसँग बित्छ ?
नानू (छोरी) हो । उ पनि अहिले ब्यस्त छ । उनले पनि आफ्ना प्रोजेक्टहरु गरिरहेकी छिन् । त्यस्तो यो व्यक्तिसँग भन्ने नै छैन ।

१४. घरमा बस्दा दिक्क लाग्यो भने के गर्नुहुन्छ ?
दिक्क लाग्यो भने बेलुकातिर कफी पिउन भैसेपाटी, बालुवाटारतिर निस्कन्छु । कहिलेकाही यत्तिकै घुम्न मात्र पनि निस्कन्छु । साथीभाइसँग पनि भेटघाट गर्न मन पर्छ ।

१५. साथीसंगी कति हुनुहुन्छ ?
मेरो खासै धेरै छैनन् । नियमित कुरा हुने ३– ४ जनासँग मात्र हो ।

१६. घर कतिबेला फर्किनुहुन्छ ?
ढिलो हुँदैन । मेरो आफ्नो स्वभाव पनि अबेरसम्म बाहिर बस्ने छैन ।

१७. सुत्ने समय ?
घरमै भएँ भने १० बजे सुतिसक्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४