Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनेरास्ववियूले सरकारविरुद्ध बयलगाडा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज बयलगाडा प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले ललितपुरको पाटन क्याम्पस अगाडि बयलगाडा सडकमा गुडाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बयलगाडा सडकमा ल्याउने बित्तिकै प्रहरीले हस्तक्षेप गरी बयलगाडा नियन्त्रणमा लिएको छ ।

वर्तमान प्रधानमन्त्री ओलीले २०६२–०६३ को आन्दोलनका बेला नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने धारणा राख्नुभएको थियो । ओलीको सोही धारणाप्रति व्यंग्य गर्दै अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा बलिदानबाट प्राप्त संविधान विपरित गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् ।

यस्तै, एमसिसी पास गराउने र मृत राजतन्त्रको पुनरागमनका लागि देशीविदेशी शक्तिको उक्साहट र डिजाईनमा प्रधानमन्त्री ओली प्रयोग भएको उनीहरुको आरोप छ ।
अनेरास्ववियूले यसअघि बुधबार काठमाडौँ उपत्यकामा दिउँसै लाल्टिन जुलुस निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४