Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा बढाइयो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 8.6K
    SHARES

गृहमन्त्रीका सुरक्षा सल्लाहकारले पनि राखे पीएसओ

काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण सुरक्षा निकायले गरेको छ । सुरक्षा निकायको विश्लेषणका आधारमा गृह मन्त्रालयले सतर्कता र सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएको छ ।

राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको स्रोतले बतायो ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए ।

हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् । सेनाबाट सेनानी तथा प्रहरी र सशस्त्रबाट डीएसपीको कमाण्डमा टोली खटिने गरेको छ ।

गृह स्रोतका अनुसार प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।

ओली जाने कार्यक्रममा हुनसक्ने सम्भावित विरोधलाई लक्षित गरेर कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने हरेक चिजलाई निषेध गर्ने नीति प्रहरीले लिएको छ । विभिन्न कार्यक्रममा कालो मास्क लगाउने व्यक्ति पनि निकालिएका छन् । सरकार विरोधी नारा लगाउने व्यक्तिलाई समेत प्रहरी निगरानीमा राख्न थालेको छ ।

ओलीको कदमलाई गैरसंवैधानिक भन्दै पार्टीभित्रै र बाहिरबाट आलोचना भइरहेका बेला आगामी दिन ढुंगामुढासमेत गरिन सक्ने विश्लेषण सुरक्षा निकायको छ ।

‘चुनाव पनि आउन लागेकाले सुरक्षा बढाउनुपर्ने आवश्यकता देखियो’, गृह स्रोतले भन्यो, ‘अन्य केही मन्त्रीलाई पनि सुरक्षा बढाइएको छ ।’ विशेषतः ओली समूहका नेताहरुको सुरक्षा बढाइएको छ ।

यही बेला विप्लव समूहले पनि उपस्थिति देखाउन कुनै गतिविधि गर्न सक्ने भएकाले सुरक्षा निकायलाई सतर्क राखिएको छ । पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पनि सुरक्षा चुनौति रहेको विश्लेषण गर्दै प्रहरीले सुरक्षा बढाएको छ ।

ओली समूहमा गएका पूर्वमाओवादी नेता पनि निशानामा रहेको विश्लेषण गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई चितवन र खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ । त्यसैले मन्त्री सहभागी हुने कार्यक्रम र हिँडडुल हुने स्थानमा विशेष सतर्कता अपनाइएको छ ।

यसैबीच, गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले पनि सरकारसँग सुरक्षा माग गरेका छन् । उनले सुरक्षा थ्रेट रहेको बताउँदै निजी सुरक्षा अधिकृत मागेपछि प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४