Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हवाई उडानका दौरान पाइलट र चालक दलका सदस्यलाई फोटो–भिडियो खिच्न प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 3K
    SHARES

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका दौरान पाइलट र क्याबिन क्रू सदस्यलाई फोटो, भिडियो खिच्न प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय पाइलट तथा क्याविन क्रू सदस्यले उडानका दौरान खिचेका भिडियो व्यक्तिगत युट्युब च्यानलमा राख्ने गरेका थिए । अर्कोतर्फ क्याबिन क्रू सदस्यहरुले टिकटकमा समेत अनेक भिडियो बनाएर हाल्ने गरेका छन् । यसले उडान सुरक्षामा असर पुग्ने भन्दै प्राधिकरणले हवाई उडानका दौरान फोटो भिडियो खिच्न रोक लगाउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार यस्तो रोक यात्रुको हकमा भने लागु हुने छैन ।

इनफ्लाइट पाइलट र उडान दलका सदस्य, प्राधिकरण तथा नेपाल सरकारले रोक लगाएको क्षेत्रमा बाहेक यात्रुले हवाई उडानमा फोटो तथा भिडियो खिच्न सक्नेछन् । तर, पाइलट तथा उडान दलका सदस्यले यस्तो गरेमा भने प्राधिकरणको निर्देशन उल्लंघन भएको मानिने भएको छ ।

प्राधिकरणको उडान संचालन मापदण्ड अनुसार चालक र चालक दलका कुनै पनि सदस्यले यन्त्र–उपकरणबाट फोटो र भिडियो खिच्न पाउने छैनन् । यदि भिडियो र फोटो खिच्नै पर्ने अवस्था भएमा प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४