Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालबाट लागुऔषध ओसारपसार गर्न भारतीय तस्करको लगानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 6.8K
    SHARES

अफिमसहित पक्राउ परेका खोभारी प्रसाद

 वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । पक्राउ परेका खोभारी अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् । बिक्री वितरण गर्ने उद्देश्यले लागुऔषध अफिम ठूलो मात्रामा लुकाइ छिपाइ राखिएको सूचनाको आधारमा प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा गएको टोलीले अफिम बरामद गरेको थियो । सोफा मुनि कपडामा बाँधेर राखेको अवस्थामा ५० ग्राम र मेनेजर राउत कुर्मीको धान खेतमा सेतो प्लाष्टिकको झोलामा ८ किलो अफिम बरामद भएको थियो ।

अनुसन्धानका क्रममा खोभारीको बुवा गम्भिरा राउत कुर्मी, गाउँकै शैमुल्लाह आलम भन्ने मरफि मियाँ र ३५ वर्षीय नजिर आलम पनि घटनामा संलग्न रहेको खुल्यो । उनीहरुले योजनाबद्ध रुपमा पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ भन्ने अमजद मियाँ चुरिहारसँग अफिम खरिद गरेका रहेछन् ।

चुरिहारसँग सस्तो मूल्यमा खरिद गरेर भारतमा बेच्न लग्ने योजना प्रहरीको छापामारीपछि तुहिएको थियो । उनीहरुले भारत बिहार राज्य पश्चिमी चम्पारण जिल्ला मोतिहारी स्टेशन बस्ने ६० वर्षीय दिनेश गुप्ता, बिहार राज्य पश्चिमी चम्पारण जिल्ला बेतिया सिक्टा बस्ने २५ वर्षीय राकेश राय भर र बेतियाकै २८ वर्षीय महेश राय भरलाई लागुऔषध बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न उनीहरु फरार छन् । उनीहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । फरार अभियुक्तहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

अभियुक्त खोभारीले प्रहरीलाई दिएको बयानअनुसार लागुऔषध ओसारपसारका लागि भारतीय तस्करले रकम दिने गरेको पाइएको छ । शैमुल्लाह भन्ने मरफी मियाँसँग मिलेर खोभारीले पहिलेदेखि नै लागुऔषधको कारबार गर्दै आएका रहेछन् । कोभिड–१९ का कारण लकडाउन शुरु भएपछि काम ठप्प थियो । लकडाउन खुकुलो भएपछि शैमुल्लाह, नजिर र खोभारीबीच १/१ लाख लगानी गरेर कारोबार शुरु गर्ने सल्लाह भयो । थप रकम भारतीय टोलीसँग मागेर ल्याउने सहमति भयो । सोही अनुसार तीन जनाले १/१ लाख जम्मा गरे र भारतबाट तीन लाख बीस हजार (भारु २ लाख) मागेर ६ लाख २० हजार जम्मा गरिएको खोभारी बताउँछन् ।

पैसा जम्मा भएपछि असोज १९ गते शैमुल्लाह र भारतीय नागरिक दिनेश गुप्ताले पठाएका महेश र राकेश रायभर अजमद मियाँकोमा गएका थिए । उनीहरुले प्रतिकिलो ७७ हजार ५ सय रुपैयाँका दरले ८ किलो र ५० ग्राम अफिम नमुनाको रुपमा लिएको खोभारीले बताएका छन् ।

‘किनेको भोलिपल्ट बिहान ४ बजे नै आएर बुवा र मलाई उठाएर अफिम राख्न दिएका थिए, राति पठाउने भनेर सुत्ने कोठाको सोफामुनि लुकाएर राखेको थिएँ । दिनेश गुप्तालाई ८५ हजारका दरले पठाउने भनी सल्लाह भएको थियो,’ उनले भने, ‘त्यहि दिन राति खाना खाएर सुतिरहेको अवस्थामा प्रहरी आइपुग्यो । बुवा र मैले अफिम भएको झोला घरको छतबाट मेनेजर राउत कुर्मीको धान खेतमा फालेका थियौं । ५० ग्राम सोफा मुनि नै थियो । प्रहरीले फेला पारिहाल्यो ।’

बरामद गरेको भन्दा बढी परिमाणमा लागुऔषध रहेको सूचना पाएको प्रहरी त्यत्तिकै फर्किएन । थप लागुऔषध कहाँ छ ? भनेर सोधेपछि खोभारीले धान खेतमा फालेको बताएको प्रहरी निरीक्षक थापा बताउँछन् । ‘सूचनाको आधारमा खोभारीको घरमा छापमारी गर्दा अफिम भेटियो । उनलाई तत्कालै पक्राउ गर्यौं,’ प्रहरीले निरीक्षक थापाले भने, ‘अन्य अभियुक्तहरु भारततिर भागेका छन् । हामीले उनीहरुको खोजतलास गरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४