काठमाडौं, / मुलुकमा थप ४ सय १२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ८२ र पुरुषको संख्या २ सय ३० छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ०६ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप २ सय ५१ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ५१ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय ११ जना महिला र १ सय ४० जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २२ हजार ७ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ८३ निको भए, ४ को मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ८३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ८३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार ५८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ६९ हजार २ जनाको ९२ पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ०३ पुगेको छ ।