Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्प समर्थकले फैलाएको हिंसामा मर्नेको संख्या ४ पुग्यो, संसद भवनभित्र २ वटा बम फेला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 4.9K
    SHARES

एजेन्सी,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर मृत्यु भएकाे छ भने अर्की एक महिला र दुई पुरूषको अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको बीबीसेले जनाएकाे छ ।

अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन् । तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो । अधिकारीहरूले संसद भवनभित्र दुई वटा पाइप बम पनि फेला परेको जनाएका छन् । वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि कर्फ्यू लगाएका छन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका जो बाइडेन (डेमोक्र्याट) तथा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसको इलेक्टोलर कलेज मतलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए ।

ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए । सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए । ट्रम्पका समर्थकहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए ।

ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली गरेर आफूबाट नतिजा खोसिएका कारण बुधबारको घटना भएको बताएका छन् । ट्रम्पले लगातार हिंसा भड्काउने तथा प्रमाण बिहीन आरोप लगाएपछि ट्वीटर र फेसबुकले उनलाई तत्कालका लागि ‘लक’ गरेका छन् । ट्वीटर, फेसबुक तथा युट्युबबाट उनको भिडियो हटाइएको छ ।

पूर्वराष्ट्रपतिहरूद्वारा आलोचना

संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । राष्ट्रपतिमा निर्वाचित बाइडेन, पूर्व राष्ट्रपति जर्ज डब्लु बुस तथा सिनेटर मिट रोमिनीसहितले ट्रम्प समर्थकबाट भएको आक्रमण बिद्रोही आक्रमण रहेको बताएका छन् । उनीहरुले सो हिंसाका लागि ट्रम्प जिम्मेवार रहेको बताएका छन् ।

पूर्वराष्ट्रपति बराक ओबामाले इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने बताएका छन् । उनले देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइने बताए ।

त्यस्तै पूर्वराष्ट्रपति विल क्लिन्टनले जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला भएका बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४