काठमाडौं, २० पुस । मुलुकमा थप ४ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ५९ र पुरुषको संख्या २ सय ४४ छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ३ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जना संक्रमित फेला परेका छन् ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८२ जना महिला र १ सय ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २२ हजार ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ९४ निको भए, ७ को मृत्यु
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ९४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ९४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार २ सय ८९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ४२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय १ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ५२ हजार ९ जनाको ३ पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ ।