Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुम्लामा जम्याे ४ फिट भन्दा बढी हिउँ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 8.1K
    SHARES

 

हिमपातपछि जहाज पनि विमानस्थलमै थन्किएका छन । तारा एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै थन्किएका हुन् । एउटा जहाजमा रहेको ब्याट्रीमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि दुवै जहाज रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख विष्णु प्रसाद अधिकारीले बताए ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः वस्तीहरुमा ४ फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

लामो समयदेखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् अहिले जेष्ठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानियलाई सतर्क रहन  प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४