Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको गैरराजनीतिक टिप्पणी : सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 6.9K
    SHARES

काठमाडौं । नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् ।

काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे । उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो ।

ओलीले भने, ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ ।’

यति भन्दा–भन्दै पनि ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरुलाई पार्टीमा आउन आग्रह गरे । नेताहरुमा कुर्सीको पीर भएकाले कुर्सी यथावत राखिएको भन्दै उनले भने, आउनुस् । तर, उहाँहरु आउनु भएन भने पनि यो अभियान अगाडि बढ्छ । दुई–चारवटा पीलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’

विघटित संसद बौरिँदैन, नयाँ चुनाव हुन्छ

प्रधानमन्त्री ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गरेका छन् । संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ?’ उनले अघि भने, संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ ।’

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको उनले दाबी गरे । त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४