काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने,आबश्यक परेमा ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि बढ्छ ।’
काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ ।
इन्स्पेक्टर शर्माले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको छ ।
