Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागे न्यौपाने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 6.8K
    SHARES

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए ।

माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् ।

शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड-नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको उनले प्रतिक्रिया दिए । विचार र दृष्टिकोणमा दुबै समूहमा फरक नभएको उनले बताए ।

प्रचण्ड-नेपाल समूहका नेताहरुले भने मन्त्री बनाउने आश्वासन पाएर न्यौपाने ओली समूहमा लागेको दावी गरेको छ । ‘धेरैलाई मन्त्रीको लोभ देखाइएको छ । त्यही भएर उहाँ असंवैधानिक कदम चाल्नेहरुको पक्षमा लाग्नुभयो’ एक नेताले भने ।

प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । पूर्वमाओवादी खेमाका २० जनामध्ये १८ जना प्रचण्ड-नेपाल पक्षमा छन् । गुल्मीका दिनेश पन्थी पर्ख र हेरको अवस्थामा छन् । यद्यपि ओली समूहले पन्थी पनि आफ्नो पक्षमा आएको दावी गरेका छन् ।

पूर्व एमालेबाट निर्वाचित ४१ जनामध्ये कपिलवस्तुका विष्णु पन्थी मात्रै खुलेर प्रचण्ड-माधव समूहमा खुलेर लागेका छन् । माधव समूह निकट भनिएमा ९ जना खुलेर आएका छैनन् । कृषि मन्त्री आरती पौडेल र उपसभामुख कृष्णी थारु वामदेव गौतम निकट मानिन्छन् । मुख्यमन्त्री शंकर पोखरेल ओली समूहमा छन् । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा आफ्नो सरकार टिकाई राख्न उनलाई कम्तिमा ४४ सांसद चाहिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४