Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ई-पासपोर्टमा ३५ तस्वीर : राष्ट्रपति कार्यालयदेखि इलामको चिया बगानसम्म !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ईपासपोर्ट)मा  के-केको राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पेष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ ।

सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ । आईडीईएमआईएले करिब २ अर्ब ४८ करोड रुपैयाँ (२ करोड ११ लाख अमेरिकी डलर) मा ई-पासपोर्टको छपाईको ठेक्का पाएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयपछि ई-पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन् ।

पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ । तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको चिया बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्ध्रौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् ।

२० र २१औंमा कुमारी, २२ र २३औंमा माथिल्लो मुस्ताङ, २४ र २५औंमा बाघ, २६ र २७औंमा जुम्लाको सिंजा उपत्यका, २८ र २९औंमा देशय् मरू झ्या, ३० र ३१औंमा जानकी मन्दिर, ३२ र ३३औंमा करुवा, ३४ र ३५ औंमा हात्ती, ३६ र ३७औंमा रानीपोखरी र ३८ र ३९औंमा हनुमानढोका दरबारका फोटो रहरनेछन् ।

४० र ४१ औं पृष्ठमा धरहरा, ४२ र ४३औंमा भुर्तिका देवल,४४ र ४५औंमा पाटन दरबार क्षेत्र, ४६ र ४७औंमा पुतली, ४८ र ४९ औंमा बौद्धनाथ, ५० र ५१औंमा भक्तपुर दरबार क्षेत्र, ५२ र ५३ औंमा महाकाली पुल, ५४ र ५५औंमा कृष्णसार, ५६ र ५७मा ट्रकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र), ५८ र ५९औंमा रानीमहल, ६० र ६१ औंमा रारा ताल, ६२ र ६३औंमा माथिल्लो तामाकोसी र ६४ औंमा सिंहदरबारको तस्वीर रहनेछ ।

तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको छ ।

अहिले नेपालले मेसिन रिडेबल पासपोर्ट प्रयोग गरिरहेको छ । अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार नेपालले 

पनि विद्युतीय राहदानी प्रयोग गर्न लागेको हो । यो पासपोर्टमा विद्युतीय चिप जोडिएको हुन्छ, जसमा सम्पूर्ण व्यक्तिगत विवरण राखिएको हुन्छ । 

जसलाई मेसिनले सहजै रिड गर्नसक्नेछ । यो कम्प्युटर प्रणालीमा आधारित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४