Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०७४
  • 3.7K
    SHARES

चितवन, फागुन २४ गते । महिला आफ्नो अधिकारप्रति सचेत बन्दै गएपछि समाजमा महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढेर गएको छ । महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ ।

गत आर्थिक वर्षमा २३ वटा घटना प्रहरीमा दर्ता भएकामा चालु आवको माघ सम्ममा २३ वटा घटना नै दर्ता भइसकेका छन् । गत आवमा जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकामा चालु आवकोे हालसम्म त्यस्ता ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार भएको भनी चिकित्सकले प्रमाणित गरेका मुद्दालाई जबर्जस्ती करणीअन्तर्गत र बलात्कार गर्ने मनसायले गरेका विभिन्न गतिविधिलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत प्रहरीले मुद्दा दर्ता गर्दछ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गत आवमा बलात्कारका घटनामा संलग्न ३३ पुरुष र दुई महिलालाई पक्राउ गरी कारबाही गरिएको थियो ।

जबर्जस्ती करणी उद्योगमा २४ जनालाई पक्राउ गरिएको थियो । चालु आवको हालसम्म जबर्जस्ती करणी मुद्दाका २६ र उद्योगका आठ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “पीडितमा न्याय माग्नुपर्छ भन्ने भावनाको विकास भएको छ,” उहाँले भन्नुभयो । विगतमा बलात्कारका घटनामा डर, धम्की र प्रलोभनमा पारेर स्थानीय तहमा नै मिलाउने गरेको भए पनि अहिले कानुनी निकायसम्म जानुपर्छ भन्ने भावनाको विकास भएको तथ्यांकले देखाउँछ ।

महिलामाथि हुने हिंसाका घटनाबाहिर आउने क्रम पनि बढेको छ । गत आवमा घरेलु हिंसाका २५० निवेदन दर्ता भएकामा चालु आवको माघ सम्ममा १७९ वटा निवेदन दर्ता भएको छ । प्रहरीले गत आवमा २०० वटा घरेलु हिंसाको मिलापत्र गराएको थियो भने चालु आवको माघ सम्ममा १४५ वटा मिलापत्र गराएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४