Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामसुङले बेच्यो ९ वर्षयताकै सबैभन्दा कम मोबाइल फोन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 3.5K
    SHARES

दक्षिण कोरियाली कम्पनी सामसुङले यो वर्ष सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो ।

कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ ।

यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन् २०२१ मा उल्टाउन चाहन्छ । सन् २०२१ मा सामसुङले ३० करोड ७० लाख मोबाइल फोन बिक्री गर्ने लक्ष्य बनाएको छ ।

त्यसमध्ये २८ करोड ७० लाख गोटा स्मार्टफोन हुनेछन् भने बाँकी फिचर फोन रहनेछन् ।

दक्षिण कोरियाको इटी न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२१ मा सामसुङले आफ्ना मोबाइल फोनको बिक्रीमा २१ प्रतिशतले बढोत्तरी गर्ने लक्ष्य राखेको छ ।

तथ्यांकअनुसार सन् २०२० को तेश्रो त्रैमासिकसम्ममा १८ करोड ९४ लाख गोटा मोबाइल फोन बिक्री गरेको थियो । र, वर्षको अन्त्यसम्ममा कुल २७ करोड मोबाइल फोन बेच्ने प्रक्षेपण गरेको छ ।

सामसुङले आगामी वर्षका लागि फाइभ जी स्मार्टफोनमा आफ्नो ध्यान केन्दि्रत गर्दै मध्यम तथा न्यून मूल्यका मोबाइल फोनको बिक्री बढाउने उद्धेश्य राखेको छ ।

२०२१ मा कम्पनीले ४ करोड ९८ लाख गोटा ग्यालेक्सी ए२१ तथा फोल्डेबललगायतका फ्लागसीप स्मार्टफोन उत्पादन गर्ने योजना बनाएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४