पोखरा, १४ पुस । नेकपा कास्की माधव प्रचण्ड समुहले आज सरकार बिरोधी कार्यक्रमको आयोजना गरेको थियो । पोखराको चिप्लेढुङा बाट शुरु भएको र्याली पोखराको मुख्य चोक महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । बिरोध सभामा नेकपाका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको संसद बिघटनको कदम गलत भएको बताएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले केपी ओलीको अहिलेको कदम नै नेपालको कम्युनिष्ट आन्दोलनको लागी घातक भएकोे बताए । आफुहरुको यो आन्दोलन नेताको लागी नभई जनताको लागी भएकाले जनता सडकमा उत्रीने बेला आएको जिकीर गरेका छन ।
लोकतन्त्र धरापमापारिन लागेको भन्दै सांसद पाण्डेले अब जनता सडकमा नउत्रीने हो भने यो ब्यवस्था नै धरापमा पर्न सक्ने संकेत पनि गरेको छन । प्रमको यो कदमलाई असफल पार्न जनतालाई आन्दोलनमा उत्रीन आब्हान गरेका छन ।
चुच्चे नक्सा भारताका प्रतिनिधि आउँदा हटाउने र अन्य बेला चुच्चे नक्सा देखाउने प्रधानमन्त्रीको शैली गलत भएको जिकिर गरे । चुच्चे नक्साको बिषयमा राष्ट्रियता देखाएका प्रधानमन्त्रीले दुई थरिका नक्सा लिएर हिडेको बताए । चिन र भारतको इशारामा हिड्ने काम बन्द गर्न पनि पाण्डेले प्रम ओलीलाई आग्रह गरेका छन ।
कोरोना पिडितले उपचार नपाएको बेला चुनावमा बजेट छुट्याउन पर्ने बनाउने केपी ओली के जनतावादी नेता हुन त ? पाण्डले प्रश्न गरे । सूर्य चिन्ह आफुहरुको पक्षमा रहने भन्दै नेता पाण्डेले बहुमतको बैठक नराखि केपी ओलीले सुर्य चिन्ह आफ्नो हो भन्ने दाबी गर्नु गलत भएको बताएका छन । २५ प्रतिशत सांसद लिएर सुर्य चिन्ह र पार्टि आफ्नो हो भन्नु प्रमको दुर्भाग्य भएको बताए ।
नेकपा ओली समुहले बनाएको केन्द्रीय सदस्यहरु प्रति इ)कित गर्दै नेता पाण्डेले बजारमा केन्द्रीय सदस्य छ्यापछ्याप्ती भएको र ओलीले बनाएको ११९९ संख्याको केन्द्रीय सदस्यको भोलीको दिनमा स्थान के ? प्रश्न गरेका छन ।
नेकपा भित्रको बिवाद चुलिएको बेला प्रधानमन्त्री केपी को संसद बिघटनको कदम गलत रहेको भन्दै पार्टि बिभाजन तर्फ उन्मुख भएको बेला बिभाजित दुई समुहले आ आफ्नै तरिकाले बिरोध तथा सर्मथनका कार्यक्रमको आयोजना गर्दै आइरहेका छन ।
आज भएको बिरोधकार्यक्रममा नेकपाका प्रचण्ड माधव नेपाल पक्षले सरकारको कदमको बिरोध गर्दै नारावाजी तथा जुलुस निकालेका थिए ।