Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५५७८ परीक्षणमा ६५९ जनामा कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७१८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६४२७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका छन् ।

कैलालीमा ६०, कास्कीमा ३३, कञ्चनपुरमा ३१, मोरङमा २८, काभ्रे र रुपन्देहीमा २२/२२, झापामा २० र चितवनमा १९ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४