Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटनविरुद्ध बारा कांग्रेसको विरोध प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 7.1K
    SHARES

बारा, १३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै नेपाली काँग्रेस बाराले चार वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ ।

बारामा रहेका चार निर्वाचन क्षेत्रमा आज एकैसाथ विरोध र्याली निकालिएको छ । र्यालीमा सहभागिहरुले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने, केपी ओली मुर्दावाद लगायतका नारा लगाएका थिए ।

बाराको निर्वाचन क्षेत्र नं. १ को कोल्हवी, क्षेत्र नम्बर २ को बगडमपुर, क्षेत्र नं. ३ को कलैया सदरमुकाम एवं क्षेत्र नम्बर ४ को सिमरामा छुट्टाछुट्टै कार्यक्रम गरी प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने भन्दै नेपाली काग्रेसले विरोध कार्यक्रम गरेको छ ।

क्षेत्र नं. १ को विरोध सभालाई केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी र क्षेत्रिय सभापति बिजय शंकर यादबले संवोधन गरेका थिए । त्यसैगरीे निर्वाचन क्षेत्र नं. २ को बगडमपुरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादब र क्षेत्रिय सभापति रामप्रवेश यादबको अगुवाई बिरोध कार्यक्रम भएको छ ।

निर्वाचन क्षेत्र नं. ३ को कलैयामा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री फरमुल्ला मंसुर, पार्टी सभापति जयचन्द्र चौरसिया र क्षेत्रिय सभापति मुकेश कुश्वाहाले विरोध कार्यक्रमलाई संवोधन गरेका थिए भने निर्वाचन क्षेत्र नं. ४ को सिमरामा नेपाली काग्रेसका केन्द्रीय सदस्य बृजलाल यादब, सबिधान सभाका सदस्य एवम नेपाली काग्रेसका पूर्वसचेतक शोभाकर पराजुली र क्षेत्रिय सभापति सुनिल गुप्ता लगायतले विरोध र्याली पश्चात आयोजित कोणसभालाई संवोधन गरेका थिए ।

केपी ओली सरकारले प्रतिनिधीसभा बिघटन गरेर असंवैधानिक कदम चालेपछि यसकोबिरूद्ध देश भरका निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम आयोजना गर्ने केन्द्रीय कार्यक्रम अन्तर्गत बाराका ४ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काग्रेसले चारै क्षेत्रमा शसक्त बिरोध कार्यक्रम गरेको जीतपुर िसमरा उपमहानगरपालिकाका नगर सभापति श्यामवावु गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४