Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनता समाजवादी पार्टीले गर्‍यो संसद विघटनविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 6.6K
    SHARES

काठमाडौं, पुस १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओली गरेको प्रतिनिधिसभा विघटनको विरोधमा जसपाका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै जसपाले खारेजीको माग गरेको छ ।

काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट शुरु भएको र्‍याली पुतलीसडक हुँदै फेरि शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र ठाकुर, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई, शरतसिंह भण्डारीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद भंग गरेको भन्दै जसपाले लगातार विरोध गरिरहेको छ ।

प्रधानमन्त्रीको सिफारिश हुबहु सदर गरेर राष्ट्रपति विद्या भण्डारीले पनि असंवैधानिक काममा ल्याप्चे लगाएको आरोप जसपाका नेताहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४