Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो : चेम्बर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 7.6K
    SHARES

काठमाडौं । कोरोनाको बाहनामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । नाका खोलिएको भनिएपनि बन्द रहे सरहनै भएकाले व्यवसायीले दुःख पाउनुपरेको चेम्बरको गुनासो छ ।

चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै चेम्बरले व्यापार सहजीकरण गर्न चीनलाई आग्रह गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाइ ज्ञापन गर्न शुक्रबार आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अडि्कएको गुनासो गरे ।

‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुईदेशबीचको व्यापार चल्छ ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए । कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो, कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस्,’ अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे ।कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४