Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री बनाउन कांग्रेसको समर्थन अनिवार्य !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 3.7K
    SHARES

  • यस्तो छ वागमती प्रदेशसभाको जोडघटाऊ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि स्पष्ट दुई खेमामा विभाजित भएका नेकपालाई बागमतीमा सरकार बनाउन नेपाली कांग्रेसको समर्थन अनिवार्यजस्तै देखिएको छ ।

सातमध्ये सबैभन्दा ठूलो बागमती प्रदेशसभामा ११० सांसद छन् । बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ । पार्टी फुट्नुअघिसम्म यहाँ नेकपासँग ८० सांसद थिए, अब उनीहरु दुई समूहमा बाँडिएका छन् ।

नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेकाले मुख्यमन्त्री पौडेलको पक्षमा ३३ (सभामुख बाहेक) सांसद मात्र रहेको मान्न सकिन्छ । उनलाई विश्वासको मत प्राप्त गर्न थप २३ सांसदको समर्थन आवश्यक पर्दछ ।

पौडेलको विपक्षमा रहेका पूर्वमन्त्री केशव स्थापितले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।

पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरेका ४५ जनाले मुख्यमन्त्रीका लागि नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन् । शाक्यलाई मुख्यमन्त्री बन्न ११ सांसदले साथ दिनुपर्नेछ ।

दुईतिहाइ मत रहेको नेकपामा विवाद देखिएकाले पौडेललाई विश्वासको मत देखाउन वा शाक्यलाई बहुमत पुर्‍याउन अर्को पार्टीको समर्थन अनिवार्य जस्तै देखिएको छ ।

यो प्रदेशमा नेकपापछिको ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेससँग २२ सांसद छन् । नेकपा र कांग्रेसबाहेकका दलसँग ८ सांसद मात्र छन् । साझा विवेकशीलका ३, मजदुर किसान पार्टी र राप्रपाको २/२ तथा जसपाका एक सांसद छन् । यी ८ सांसदले साथ दिँदा पनि नेकपाका दुबै समूहमा बहुमत पुग्दैन, त्यसैले कांग्रेसको साथ अनिवार्य देखिन्छ ।

कांग्रेसका सबै सांसदले समर्थन गर्दा पनि अब मुख्यमन्त्री पौडेलको कुर्सी जोगाउन पर्याप्त देखिँदैन । कांग्रेसको साथ पाएको अवस्थामा पौडेललाई विवेकशील साझा, नेपाल मजदुर किसान, राष्ट्रिय प्रजातन्त्र पार्टी वा जनता समाजवादी पार्टीका सांसद मध्येबाट एकजनालाई तान्नुपर्ने देखिन्छ ।

कांग्रेसको मात्रै समर्थन जुटाउन सके शाक्यलाई मुख्यमन्त्री बन्न पर्याप्त छ । कांग्रेसका २२ सांसद थपिँदा शाक्यको पक्षमा ६८ सांसद हुन्छन् । कांग्रेसको सहयोगबिना शाक्यको बहुमत पुग्दैन ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले पदबाट राजीनामा दिइसकेका छन् ।

नेकपा बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका जम्मकट्टेलले अविश्वासको प्रस्ताव दर्ता भएसँगै अन्य दलसँग पनि छलफल गर्ने बताएका छन् । उनले सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेशसभा छिटो आह्वान गर्न आग्रह गरेका छन् ।

नेकपा नेता तथा प्रदेश सांसद पशुपति चौलागाईं यो अविश्वासको मत प्रकरणपछि बागमती प्रदेशसभामा कांग्रेस निर्णायक देखिएको स्वीकार्छन् । उनी भन्छन्, ‘नेकपाका सांसदहरू एकजुट नहुँदा कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।’

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको बताउँछन् । ‘संसदीय दलको बैठक बसेर कोसँग मिलेर सरकार बनाउने भन्ने निर्णय गर्छौं’, बानियाँले जन न्युज नेपाल खबरसँग भने ।

साझा विवेकशील पार्टीका प्रदेश संसदीय दलका नेता रमेश पौडेल भने आफूहरूलाई मतदाताले प्रतिपक्षीमा बस्ने म्यान्डेट दिएको बताउँछन् । उनी भन्छन्, ‘डोरमणि पौडेल नेतृत्वको सरकार असफल भइसकेको छ । तर, सरकार गठन प्रक्रियामा सहभागी हुने÷नहुने भन्ने विषयमा पार्टीले निर्णय गरिसकेको छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४