Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनविरुद्धको प्रदर्शन भव्य र शान्तिपूर्ण बनाउन तरुण दलको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 4.7K
    SHARES

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल तरुण दलले आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको के.पी. ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यही २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न÷गराउन निर्देशन गरिन्छ,’ अध्यक्ष बस्नेतले भनेका छन् ।

साथै २०७७ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकाले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएका छन् ।

पार्टीसँग कार्यक्रम नजुध्ने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन अध्यक्ष बस्नेतले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४