Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्याउनै नसक्ने गरी पार्टी एकता हुन्छ : केपी ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०७४
  • 4K
    SHARES

काठमाडौं– प्रधानमन्त्री एव् एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीहरुले पत्याउनै नसक्ने गरी एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन् ।

पार्टी कार्यलय धुम्बराहीमा सोमबार ४५ औं शहीद स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै एमाले माओवादी एकता हुँदा सानो चित्त भएकाहरु छटपटिने दाबीसमेत गरेका छन् ।

अध्यक्ष ओलीले देशले बामपन्थी एकता चाहेको भन्दै रगत, पसिना, आँशु र आयु खर्चेर ल्याउको गणतन्त्र जोगाउने जिम्मेवारी पनि कम्युनिष्टहरुकै भएको बताए ।

एमाले एकताबाट पछि हट्छ भनेर चलाइएको हल्ला निराधार भएको ओलीले बताए । ‘एमाले एकताबाट पछि हट्छ भने हल्ला भएको छ । यो हल्ला हल्लामै रहन्छ, एमाले एकता गर्ने पार्टी हो एकता गर्छ,’ ओलीले भने ।

अबको सरकार समृद्धि र विकासमा केन्द्रीत हुने भन्दै ओलीले यदि आफूहरुले नगरे कसैले नगर्ने भन्दै निरास नहुन आग्रह गरे ।

ओलीले भने, ‘नेपालमा गणतन्त्रको प्रतिनिधित्व कम्युनिष्टले नै गरेका हुन् । अब मुलुकको स्थायित्व पनि कम्युनिष्टहरुले नै गर्छन् । यसअघि कम्युनिष्टहरु बाध्यताले हिंसामा हुन् । रहर चाहनाले होइन ।’

तत्कालिन सत्ताले २०२९ सालमा रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र वीरेन्द्र राजवंशीलाई झापाको सुखानीमा गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४