Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ हजार ५ सय ५९ जनाको परीक्षण गर्दा ७ सय ४३ संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 3.1K
    SHARES

काठमाडौं, ८ पुष । मुलुकमा थप ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३ सय १८ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय १८ महिला र २ सय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ सय ५०, ललितपुरमा ३४ र भक्तपुरमा ३४ संक्रमित थपिएका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार २ सय ३५ पुगेको छ ।

योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९५ हजार ४ सय ५९ जना, ललितपुरमा १४ हजार ९ सय २५, भक्तपुरमा ८ हजार ३ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ५२ निको भए, ५ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ५२ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ५२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ । निको हुनेको कुल संख्या प्रतिशतमा ९६ दशमलव ३ रहेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ७ हजार ५ सय १५ रहेको छ । यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या ३ हजार ३ सय ९६ रहेको छ भने होम आइसोलेसनमा रहनेको संख्या ४ हजार १ सय १९ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४