राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै बचाऊ गरे । कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गरेका छन्’ पौडेलले भने ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’ लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको उनले आरोप लगाए ।
- सहभागी सबैलाई खानाको व्यवस्था
कार्यक्रम गर्नुअघि मुजेलिया नजिकबाट केपी ओलीको समर्थनमा मोटरसाइकल र्याली निकालिएको थियो । नगरको विभिन्न भाग परिक्रमा गर्दै उद्योग वाणिज्य संघको सभाहलसम्म पुगेको मोटरसाइकल र्यालीपछि सभागीहरुलाई खाना खुवाइएको थियो । सहभागीका लागि मिथिला खानाको व्यवस्था गरिएको आयोजकका एक सदस्यले बताए । ‘दाल, भात, तरकारी, दुई वटा तरुवा, पापडको व्यवस्था गरिएको थियो’ उनले भने ।
सहभागीहरु खाना खाइसकेपछि औपचारिक कार्यक्रम गरिएको थियो ।
