Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच वान टु वान वार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १ २०७७
  • 4.1K
    SHARES

काठमाडाैं, /  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे छ ।  स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच ‘वान टु वान’ संवाद भएको हो ।

दुई अध्यक्षबीचकाे छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयाे । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि क्रुद्ध बनेका दाहालले मंगलबारै तत्काल फिर्ता लिन भन्नुभएकाे थियाे । संवैधानिक परिषदका सदस्य तथा सभामखु अग्‍नि सापकोटा बैठकमा नगएर गणपूरक संख्या पुग्न नसकेको अवस्थामा ओलीले मंगलबारको मन्त्रिपरिषदबाट सिफारिस गराएर राष्ट्रपतिबाट अध्यादेश जारी गराउनुभएकाे थियाे ।

स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ । गत मंसिर २१ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक २८ गते बसेर शोक प्रस्ताव पारित गर्दै आजसम्मलाई रोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४