Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सार्वजनिक प्रसारण सेवा सम्बन्धी कानूनी प्रकृया अघि बढ्छ : मन्त्री गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ३० २०७७
  • 11.8K
    SHARES

काठमाडौं- संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै क्षेत्र र वर्गका नागरिकको प्रभावकारी  पहुँचका लागि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवाको रुपमा रुपान्तरण गर्न कानूनी प्रकृया अघि बढिरहेको बताउनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समितिको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित रेडियो नेपालका कर्मचारीहरुकालागि दीर्घसेवा पदक वितरण समारोहमा मन्त्री गुरुङले पुरानो गरिमा र साखलाई कायमै राख्दै रेडियो नेपाल प्रतिस्पर्धी, गुणस्तरीय र प्रभावकारी बन्नुपर्छ भन्नुभयो ।

मन्त्री गुरुङले रेडियो नेपाललाई थप सबल बनाउन र  सुदृढीकरणका लागि उच्च व्यवस्थापन र रेडियोकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । मन्त्री गुरुङले रेडियो नेपालमा २५ बर्ष स्थायी सेवा पुगेका रेडियोकर्मीहरुलाई दीर्घसेवा पदक र प्रशंसापत्र वितरण गर्नुभयो ।

सोही अवसरमा रेडियो प्रसार विकास समिति रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रविधिमा थप सुधार गरी ९२ प्रतिशत जनसंख्यामा रेडियो नेपालको पहुँच पु¥याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले ८७ प्रतिशत जनसंख्यामा रेडियो नेपालको उपस्थिति रहेको बताउनुहुँदै सरकारका नीति निर्देशन र नागरिकका आकांक्षा पुरा गर्ने काममा रेडियो नेपाल लागि परेको धारणा राख्नुभयो ।

रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ । रेडियो नेपालले चैत्र २० गते पर्ने स्थापना दिवसको सट्टा कोभिड(१९ को कारण आज दीर्घ सेवा पदक वितरण कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४