आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
आज प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिम क्षेत्रको हिमाली भूभागमा हल्का हिउँ पर्ने सम्भावना पनि छ । तराई–मधेस क्षेत्रमा लागेको हुस्सु दिउँसोतिर क्रमशः हट्दै जाने महाशाखाका मौसमविद सापकोटाले बताए ।