Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिटौला समूहको आफ्नो गुट कायमै रहेको सन्देश दिने प्रयास !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 5.9K
    SHARES

 काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिहीबार आफू निकट नेता कार्यकर्ताको भेला गरेका छन् र उनीहरुलाई गाउँ जान आग्रह गरेका छन् ।

पार्टी १४ औं महाधिवेशनतर्फ उन्मुख भइरहेका बेला सिटौलाले आफू निकटका केन्द्रीय सदस्यसहित करिव १०० अगुवा कार्यकर्ताको भेला गरेका हुन् । उनले आफ्नै निवासमा गरेको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बोलाएको सर्वदलीय बैठकमा भएका छलफलहरुबारे ब्रिफिङ गर्दै राष्ट्रिय राजनीतिबारे आफ्नो विश्लेषणसमेत सुनाएका थिए ।

कांग्रेसमा महाधिवेशन लागेको भन्दै उनले सक्रिय सदस्यता वितरणमा सक्रिय सहभागिता जनाउन र जसको जहाँ समूह मिल्छ, मिलाएर आउन आग्रह गरेका छन् । ‘उहाँले अधिवेशन सबैको साझा हो, तपाईंहरु पनि गाउँ जानुस् भन्नुभयो’ भेलामा सहभागी केन्द्रीय सदस्य शिव हुमागाईंले भनेका छन् ।

भेलामा नेता गगन थापाले संविधानमाथि नै प्रश्न उठेको बेला कांग्रेसमा आफूहरुको भूमिका बढी खोजी भएको बताए । पार्टीको १३ औं महाधिवेशनमा एउटै समूहमा चुनाव लड्नु विशिष्ट परिस्थिति भएको भन्दै उनले भने, ‘अहिले व्यवस्था जोगाउने र चुनावमा कम्युनिस्टलाई परास्त गर्न सक्ने नेतृत्व चाहिएको छ । हामीले खोजेजस्तो कांग्रेस बनाउन योगदान गर्छौं र सामूहिक रुपमा काम गर्छौं ।’

एक छौं भन्ने सन्देश दिने प्रयास

नेताहरुका अनुसार भेलामा सिटौलाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने वा नबन्ने खुलेर बताएनन् ।

तर भेला गर्नुको कारण आफ्नो समूह एकै छ भन्ने सन्देश दिनु पनि भएको नेताहरुले बताएका छन् । १४औं महाधिवेशनमा कांग्रेसभित्रको समीकरण कस्तो हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन । सभापति शेरबहादुर देउवाको समूहमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पनि सभापतिका आकांक्षी धेरै देखिएका छन् । पौडेलसँगै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले पनि सभापतिमा दाबी गरेका छन् । सिटौलाले संस्थापन र पौडेल दुबै समूहसँग दुरी राख्ने कोशिस गरेपनि उनी निकट नेताहरुको आफ्नै तयारी छ ।

तर बिहीबार आफ्नै निवासमा आयोजित भेलामा सिटौलाले आफू निकट नेताहरुको मुड बुझ्ने र अरुलाई आफ्नो समूह कायमै छ भन्ने सन्देश दिन खोजेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४