Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सदर चिडियाखाना आजबाट खुल्दै, एक व्यक्ति एक घण्टामात्र बस्न पाउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 5.9K
    SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । तर, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम छ ।भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइने छ । त्यसपछि अवलोकनकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।

चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । अवलोकनकर्ता सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ । यसैगरी चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन ।स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको छ । साथै अनलाइनमार्फत टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

अवलोकन गर्न विदेशीका लागि ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि ५ सय रुपैयाँ, नेपालीलाई १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकले ९० रुपैयाँमै चिडियाखानामा प्रवेश गर्न पाउने छन् ।हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९८९ मा निजीरुपमा स्थापना गरेको सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दैै आएको छ ।

अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन मिलाउने गरिएको छ । तर विगत आठ महिना बढी समयदेखि चिडियाखाना बन्द हुँदा खर्च व्यवस्थापन गर्न समस्या भएको व्यवस्थापन पक्षले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४