Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलाउन ठिक्क पारिएको शव आफन्तले उठाएपछि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ९ २०७७
  • 5.4K
    SHARES

 बिराटनगर । बिराटनगरको नोबेल अस्पतालमा टाउकोको शल्यक्रिया गर्ने क्रममा केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको मृत्यु भयो । आफन्तले शव बुझेर अन्त्येष्टिका लागि घाटमा लगे । शरीरका कपडा फुकाल्ने क्रममा पेटमा सेतो टेप टाँसिएको देखियो । त्यो टेप उप्काएर हेर्दा टाँका लगाइएको थियो ।

आफन्तहरुलाई यो शंकास्पद लाग्यो । जलाउन ठिक्क पारिएको शव उठाएर उनीहरुले पोष्टमार्टम गर्न सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए ।

अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भर्ना गराएका थिए । शुक्रबार टाउकोको शल्यक्रिया गरेका उनको शनिबार मृत्यु भएको थियो । तर अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै रोकेर राख्यो । स्थानीयले पुनः चन्दा उठाएर सोमबार साँझ मृतकको शव बुझेका थिए ।

राति करिब ८ बजे चितामा राखेर दागबत्ती दिने तयारी गर्दैगर्दा उनको पेटमा काटेको देखियो । नाइटो नजिकै पेटमा पाँच टाका लगाइएको देखिएपछि स्थानीय र आफन्तले राति करिब १२ बजे चिताबाट उठाएर शव पोष्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका हुन् ।

स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

नेकपा केराबारीका नेता राम कार्कीका अनुसार शव चितामा राखेर कपडा खोल्ने क्रममा पेटमा चिरेको देखिएको थियो । ‘चितामा राखेर कपडा खोल्दा पेटमा पट्टी लगाएको देखियो । खोलेर हेर्दा पाँच टाका लगाएको रहेछ,’ उनले भने, ‘शल्यक्रिया टाउकोको गरेको हो । पेटमा किन चिर्न पर्याे होला ?’

चिकित्सकले लापरवाही गरेको हुनसक्ने आशंकामा पोष्टमार्टमका लागि लगिएको उनले बताए । ‘पिसाबका लागि नाइटोमा पाँच टाका लाग्ने गरी चिर्न पर्दैन,’ उनले भने, ‘टाउकोको शल्यक्रिया गर्दा पेटमा चिरेकाले शंका लागेर चिताबाट शव उठाइयो ।’

दुई दिनसम्म अस्पतालमै थियो शव

केही दिन अघि नोबेलमा भर्ना भएका बिक्कीको शुक्र्रबार टाउकोको शुल्यक्रिया भएको थियो । शल्यक्रिया असफल भएपछि शनिबार उनको मृत्यु भयो । मृत्युपछि छिमेकीले शव दिन अस्पताललाई आग्रह गरे । तर अस्पतालले पूरै रकम नतिरेसम्म शव नदिने अडान लियो ।

‘अति विपन्न परिवारका बिक्कीको उपचारका लागि चन्दा उठाएर अस्पताल भर्ना गरेका थियौं,’ कार्कीले भने, ‘५५ हजार रुपैयाँ पुगेन, छुट गर्न आग्रह गर्दा मानेनन्, भोलि पैसा दिन्छौं भन्दा पनि शव दिएनन् ।’

आइतबार शव लिन आएका छिमेकीलाई शव नदिएपछि रित्तो हात फर्किएको उनले बताए । सोमबार शुल्क तिरेर शव लगेको उनले बताए ।

बिक्कीको टाउकोको शल्यक्रियाका लागि एकलाख ८२ हजार २०० रुपैयाँ बिल उठेको थियो । सो रकम ध्ये ५८ हजार रुपैयाँ सरकारले दिने विपन्न नागरिक सहायता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बुझाएका कारण ५५ हजार रुपैयाँ पुगेन । त्यसैले सोमबार पुनः चन्दा संकलन गरेर शव अस्पतालबाट बुझेर लगेका थिए ।

डाक्टर भन्छन्– पेटमा चिर्नु सामान्य हो

नोबेल मेडिकल कलेजले टाउकोको शल्यक्रिया गर्दा पेटमा चिर्नु सामान्य रहेको बताएको छ । अस्पतालमा विषेशज्ञ डाक्टर प्रकाश काफ्लेका अनुसार टाउकोबाट पाइप निकालेर नाइटो नजिकै पेट भित्र राखिन्छ । यो प्रकृयालाई मेडिकल भाषामा ‘भेन्टिक्लो प्लेटेनियमसन्ट’ भनिन्छ ।

‘टाउकोको शल्यक्रिया गर्दा पेटमा पाइप राख्न प्वाल पारिन्छ,’ उनले भने, ‘यो सामान्य प्रकृया हो । टाउकोमा कान छेउबाट पाइप निकालिन्छ र पेटमा नाइटो छेउमा राखिन्छ ।’

टाउकोमा जमेको पानी बाइपास गर्नका लागि पाइपको प्रयोग हुने गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४